निर्माण व्यवसायी संघ अछामको तदर्थ समिति गठन गरिएको छ । तदर्थ समितिको अध्यक्षमा दिर्घ ठकुल्ला चयन भएका छन् । विहिवार साँफेबगर साँफेबगरमा भएको निर्माण व्यवसायी संघको भेलाले ठकुल्ला सहित ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
भेलाबाट संघको उपाध्यक्षमा भिमबहादुर खड्का, जितबहादुर खड्का, महासचिवमा गौतम कुँवर, सचिवमा हर्क साउँद, कोषाध्यक्ष दुधकला विष्ट र सदस्यमा भिम स्वाँर, नरेन्द्र साउँद, टेकबहादुर ठकुल्ला, चेतराज कुँवर र युवराज नाथ चयन भएका छन् ।
सुदूरपश्चिम निर्माण व्यवसायी महासंघका सल्लाहकार बिष्णुबहादुर कुँवरको संयोजकत्वमा २ महिना भित्र अर्को साधारण सभा गरी नयाँ कार्यसमिती चयन गर्ने निणर्य सहित निर्माण व्यवसायी संघ अछामको तदर्थ समिती गठन गरिएको उल्लेख गरिएको छ ।लामो समय देखि निष्क्रीय रहेको संघलाई चलायमान बनानका लागी तर्दथ समिति गठन गरिएको र २ महिना भित्र साधारण सभा मार्फत नयाँ कार्यसमिति गठन गरिने कुँवरले जानकारी दिए ।