मसिर १५,अछाम
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले साँफेबगर नगरपालिका वडा नं ७ रिडिकोटको वडा कार्यालयको भवन शिलान्यास गरेका छन। मन्त्री खड्काले सिलान्यास गर्ने क्रममा स्थानीय तहलाई सुदृढ बनाउने र जनताको सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले वडाको पूर्वाधार निर्माणले महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गरे।
मन्त्री खड्काले स्थानीय तहलाई संघीय प्रणालीको मेरुदण्ड भन्दै, भवन निर्माण जस्ता योजनाहरूले प्रशासनिक सेवा सहज बनाउनुका साथै विकासको गति अघाडी बढाउन सहयोग गर्ने विश्वास व्यक्त गरे। साथै, उनले भवन निर्माणको कार्य समयमै सम्पन्न गरि प्रभावकारी सेवा सञ्चालन हुने आशा व्यक्त गरे ।
भवन सिलान्यास कार्यक्रममा साँफेबगर नगरपालिका नगर प्रमुख राजेन्द्रबहादुर कुँवर, प्रमुख जिल्ला अधिकारी शिबप्रसाद लम्साल,वडा नं ७ का वडा अध्यक्ष हिक्मतवहादुर कडायत, सुदुरपश्चिम प्रदेश निर्माण व्यवसायी संघ अध्यक्ष तथा स्वार निर्माण कन्ट्रक्सन प्रालिका सञ्चालक लक्ष्मण स्वाँर लगायतको रहेको थियो। वडा कार्यालयको भवन प्रदेश र साफेबगर नगरपालिकाके समपुरक बजेट मार्फत निमार्ण हुने वडा अध्यक्ष कडायतले जानकारी दिए । भवन एक करोड १५ लाख निमार्ण हुनेछ ।