5.3 C
Achhām
अन्य

    साँफेबगरमा पालिका स्तरिय प्रथम मेयर कप खुल्ला भलिबल प्रतियोगीता हुने

    सम्बन्धित समाचार

    मंसिर १९,अछाम
    साँफेबगर नगरपालिकामा पालिका स्तरीय प्रथम मेयर कप खुल्ला भलिबल प्रतियोगीता हुने भएको छ । साँफेबगर नगरपालिकाको आयोजनामा प्रतियोगिता यहि मंसिर २४ गतेदेखि साँफेबगरमा सञ्चालन हुनेछ । प्रतियोगितामा प्रथम पुरस्कार २ लाख ५१ हजार,द्धितिय पुरस्कार १ लाख ५१ हजार,तृतीय पुरस्कार ७५ हजार रहको छ । यसैगरी खेलमा अन्य विधा तर्फ नगद पुरस्कार रहेको छ । प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी पुरस्कार ५ हजार,वेष्ट लिवेरो पुरस्कार ३ हजार,वेष्ट सटर पुरस्कार ३ हजार,वेष्ट मिडिल ब्लकर पुरस्कार ३ हजार,वेष्ट सर्भर पुरस्कार ३ हजार,वेष्ट स्पाईकर पुरस्कार ३ हजार रहेको छ । प्रतियोगिताका लागी टीम दर्ता शुल्क ८ हजार र टीम दर्ता गर्ने अन्तिम मिति यहि मंसिर २३ गतेसम्म रहेको छ । टीममा पालिका भन्दा बाहिरका बढीमा २ जना खेलाडीहरु सहभागी गराउन सकिने आयोजकले जनाएको छ ।

    - Advertisement -spot_img

    समाचार

    - Advertisement -spot_img

    ट्रेन्डिङ समाचार

    spot_img

    पछिल्ला अपडेट