असोज ३ अछाम
साँफेबगर नगरपालिका ४ मष्टामाण्डौको हातेमालो बहुउदेश्य सहकारी संस्थाले संविधान दिवसको अवसरमा धान मुडाई चुटाई कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा सहकारी संस्थाका कर्मचारीहरुले दसैं पेश्की नलिएर रकम सकलन गरी ४३ हजारमा खरिद गरिएको धान र गँहु चुट्ने थ्रेसर मेसिनको समेत उद्घाटन गरिएको छ । उद्घाटन साँफेबगर नगर प्रमुख राजेन्द्रबहादुर कुँवरले गरेका हुन् । नगर प्रमुख कुँवरले सहकारीले कृषि लगायतको क्षेत्रमा उदाहरणीय कार्य गर्दे आएको भने प्रसंशा गरे । उनले अर्थतन्त्र मजबुत बनाउन कषि कार्यको विकल्प नरहेको बताए । नगर प्रमुख कुँवरले हातेमालो सहकारीले कृषिमा प्रविधिलाई कसरी प्रयोग गर्ने लगायतका बिषयमा कृषकहरुलाई अभ्यस्त बनाउदै आएको बताए । उनले युवाहरुलाई विदेशको सपना नदेखेर आफ्नै जन्मभुमिका केहि गरेर देखाउन आव्हान गरे ।
हातेमालो सहकारी संस्थाका अध्यक्ष सुरत भुलको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष नवराज बुढा,कार्यपालिका सदस्य बिनोद भुल,वडा सदस्य निता कुँवर,महिला अधिकारकर्मी पशुपति कुँवर,लगायत पत्रकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन भ्वानसिह सार्किले गरेका थिए ।