मंसिर २४,अछाम
नेपाली कांग्रेसका साँफेबगर नगरकार्यसमितिका सदस्य सर्जनबहादुर कुँवरले जन्मदिनको अवसरमा बयालपाटा अस्पताललाई कम्बल वितरण गरेका छन् । कुँवरले आज परेको जन्मदिनको अवसरममा बयालपाटा अस्पताल पुगेर कम्बल वितरण गरेका हुन् । कुँवरले बयालपाटा अस्पतालका निर्देशक तथा हाडजोर्नी विशेषज्ञ डा.मन्दिप पाठकलाई १५ वटा कम्बल हस्तान्तरण गरेका हुन् । कार्यक्रममा कुँवरले आफुले वितरण गरेको कम्बलले विरामी र अस्पताललाई केहि राहत पुग्ने विश्वाश व्यक्त गरे । उनले दुर्गममा स्वास्थको क्षेत्रमा बयालपाटा अस्पतालले गरेको कामको जति प्रशंसा गरे पनि कमै हुने बताए । कुँवरले देशकै नमुना अस्पतालको रुपमा स्थापित बयालपाटा अस्पताल भएको ठाउँको बासिन्दा भएकोमा आफुलाई गर्व महसुस हुने गरेको बताए । कार्यक्रममा डा. पाठकले जन्मदिनको अवसरमा अस्पताललाई कम्बल उपलब्ध गराएर सहयोग गरेकोमा कुँवरलाई धन्यवाद ज्ञापन गरेका छन् । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला पाटी उपसभापति अर्जुन ताम्राकार,नेपाली कांग्रेस अछाम क्षेत्र नं.१ का क्षेत्रिय सभापति कृष्ण बुढा,नेपाली कांग्रेस साँफेबगर नगर सभापति लालबहादुर कुँवर,नगर सचिब अनिल रैगाई लगायतको उपस्थिति रहेको थियो ।