26.3 C
Achhām
अन्य

    अछाममा एसइईमा ४ हजार ९ सय परिक्षार्थी मध्ये १ हजार ४ सय १४ उत्तिर्ण

    सम्बन्धित समाचार

     

    अछाम जिल्लामा एसईइमा २८.८५ प्रतिशत उतिर्ण भएका छन् ।बिहिवार परिक्षा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको २०८० को एसईइ परिक्षामा २८.८५ प्रतिशत अर्थात् १४ सय १४ उतिर्ण भएका शिक्षा इकाई कार्यालय अछामले जनाएको छ। अछाममा २०८० को एसईइ परिक्षामा सामान्य र प्राविधिक तर्फबाट कुल ४ हजार ९ सय विद्यार्थी सहभागी भएका थिए ।

    जसमध्येबाट ३.६० जिपिए देखि ३.८२ जिपिए ल्याउनेमा १० सामान्य १ प्राविधिक गरि ११ जना,३.२० जिपीय देखि ३.५९ जिपिए ल्याउनेमा ९५ सामान्य २० प्राविधिक गरि १ सय १५ जना,२.८०जिपिएदेखि ३.१९ जिपिए ल्याउनेमा ४ सय २८ सामान्य ७६ प्राविधिक गरि ५ सय ४ जना उतिर्ण भएका छन ।

    यस्तै २.४० जिपिए देखि २.७९ जिपिए ल्याउनेमा ६सय ९७ सामान्य ३० प्राविधिक गरि ७ सय १७ जना, २.००जिपिए देखि २.३९ जिपिए ल्याउनेमा ६७ जना रहेका छन। यस्तै सामान्य तर्फ ३ हजार ४ सय ४४ र प्राविधिक तर्फका ४२ जना गरि कुल ३ हजार ४ सय ८२ जना अनुत्तीर्ण भएका छन।

    कुँवरले ल्याए ३.८२ जिपिए 

    साँफेबगर नगरपालिका ३ किण्डर गार्डेन एकेडेमिका विप्लव कुँवरले ३.८२ जिपिए ल्याएर जिल्लामा उत्कृष्ट बनेको छन् । परिक्षा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको २०८० को एसईइ परिक्षामा कुँवरले ३.८२ जिपिएका साथ अछाम प्रथम बनेका हुन। यस्तै बान्नीगढी जयगढ गाउँपालिका ६ दर्नाको एश्वर्य माविका हिमेश थापा अछाममा द्वितीय भएका हुन। थापाले ३.७२  जिपिए ल्याएका छन। यस्तै साँफेबगर नगरपालिका १३ बाब्ला राष्टिय माविका वैभव खनालले ३.७१ जिपिए ल्याएर तृतिय भएका छन् ।

    - Advertisement -spot_img

    समाचार

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    ट्रेन्डिङ समाचार

    पछिल्ला अपडेट