5.3 C
Achhām
अन्य

    साँफेबगर नगरपालिका –१ बैजनाथ वडा कार्यालयको नवनिर्मित भवन उद्घाटन

    सम्बन्धित समाचार

    मंसिर २०,अछाम
    साँफेबगर नगरपालिका– १ बैजनाथको नवनिर्मित भवनको आज उद्घाटन गरिएको छ । वडा कार्यालयको नवनिर्मित भवनको आज साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्रबहादुर कुँवरले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दे कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख कुँवरले वडा कार्यालयको आफ्नै भवनबाट सेवा प्रवाहमा सहज हुने विश्वाश व्यक्त गरे । नगर प्रमुख कुँवरले वडाबासीहरुलाई सहज रुपमा चुस्त दुरुस्त,छिटो छरितो सेवा प्रदान गर्न आग्रह गरे । उनले वडा कार्यालयको घेरा पर्खालका लागी आगामी बजेटका सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा विशिष्ट अतिथि पुर्ब वडा अध्यक्ष अम्मर बहादुर शाह,अतिथिहरु सुर्यचन्द्र माबीका प्रधानाध्यापक देवेन्द्रबहादुर शाह,दलित संजालका अध्यक्ष रमेश सुनारले शुभकामना मन्तव्य राखेका थिए । वडा अध्यक्ष नन्दसिंह ठकुल्लाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरु,नेपाली काँग्रेसका वडा सभापति चक्रबहादुर शाह,नेकपा एमालेका वडा कमीटी अध्यक्ष तिलकबहादुर शाह,बैजनाथ स्वास्थ चौकी प्रमुख निर्मला श्रेष्ठ,बैजनाथ प्रहरी चौकी प्रमुख केशब धानुक,कालिमाटी टोल विकास समितिका अध्यक्ष विक्रम खड्का लगायतका अतिथि रहेका थिए । कार्यक्रमको सञ्चालन वडा सचिब सोबिता कुमारी शाहले गरेकी थिईन् । कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य प्रेमनाथ योगीले राखेका थिए । वडा कार्यालयको भवन संघ सरकार र साँफेबगर नगरपालिकाको साझेदारीमा ८० लाख लागतमा निमार्ण कार्य सम्पन्न भएको हो ।

    - Advertisement -spot_img

    समाचार

    - Advertisement -spot_img

    ट्रेन्डिङ समाचार

    spot_img

    पछिल्ला अपडेट