5.3 C
Achhām
अन्य

    एनपीएल : सुदूरपश्चिम रोयल्स भर्सेस विराटनगर किङ्ग्स

    सम्बन्धित समाचार

    काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो दिनको पहिलो खेल सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच हुनेछ। जसमा पहिलो खेलमा हार व्यहोरेको विराटनगर जितको खोजीमा हुनेछ भने सुदूरपश्चिम जितको साथ प्रतियोगिता सुरु गर्न चाहन्छ।

    दीपेन्द्र सिंह ऐरीको नेतृत्वमा सुदूरपश्चिम रोयल्स खेल्नेछ भने सन्दीप लामिछानेले विराटनगरको कप्तानी गर्नेछन्। सुदूरपश्चिममा अनुभवी ब्याटर विनोद भण्डारी, युवा अलराउन्डर इशान पाण्डे, आरिफ शेख, नरेश बुढा ऐर, रोहन मुस्तफा, ब्रान्डन म्याक मुलेन, खडक बोहोरासहित दीपेन्द्र सिंह ऐरीको एउटा राम्रो ब्याटिङ टिम छ। अर्जुन कुमाल हालः यु-१९ को राष्ट्रिय जिम्मेवारीमा छन्।

    ब्याटिङ टिममा आरिफ शेख विशेषतः टिकेर ग्राउन्ड सट खेल्न मन पराउने क्रिकेटरको रुपमा चिनिन्छन्। बलिङमा अभिनास बोहोराको टी-२० रेकर्ड राम्रो छ। स्कट कुगेलिन बलिङ अलराउन्डर हुन्। उनको साथमा रोहन मुस्तफा पनि बलिङमा राम्रो प्रभाव पार्न सक्ने खेलाडी हुन्। स्पिनमा दिपेन्द्र आफैं पनि बलिङ गर्छन्। आरिफ शेख पनि बलिङ र ब्याटिङ दुवैमा योगदान दिन सक्ने खेलाडी हुन्।

    भोज राज भट्ट बलर हुन्। उनले सायद पहिलो खेलमा प्लेइङ सेटमा मौका बनाउन गाह्रो हुनेछ। बसन्त खत्री ब्याटिङ अलराउन्डर हुन्। यी खेलाडीलाई भने सुदूरले अलि समयपछि मात्रै मैदानमा उतार्नेछ।

    सेफ जैब इङ्ल्यान्डका ब्याटिङ अलराउन्डर हुन्। हालसम्म विदेशी ब्याटरले त्रीवीको पिचमा राम्रो ब्याटिङ गर्न सकेका छैनन्। जनकपुरका पहिलो खेलमा हर्ष र लाहिरुले त्रीवीको विकेटमा टिकेर खेले। सुदूरका विदेशी खेलाडीले पनि यो कुरामा ध्यान दिनुपर्छ। सुदूरको टिममा रहेका विदेशी खेलाडीमा पनि रोहन मुस्तफा टियु मैदानको बारेमा राम्रो जानकारी राख्ने खेलाडी हुन्। उनले पनि यो कुरा ध्यान दिएर आफ्नो अनुभवको प्रयोग गर्नु जरुरी हुनेछ।

    सुदूरले प्लेइङ-११ मा दिपेन्द्र सिंह ऐरी (कप्तान), आरिफ शेख, विनोद भण्डारी, इशान पाण्डे, खडक बोहोरा, रोहन मुस्तफा, स्कट, सेफ जैब, ब्रान्डन म्याकमुलेन, नरेश बुढा ऐर र अभिनास बोहोरालाई उतार्न सक्छ। जसमा विनोद भण्डारी निकै राम्रो ब्याटिङ गर्न सक्ने खेलाडी हुन्। उनको प्रदर्शन त्रिवी मैदानमा निकै राम्रो हुन्छ। उनी टियु मैदानको बारेमा निकै राम्रो जानकारी राख्ने अनुभवी खेलाडी हुन्। विकेटकिपर ब्याटर उनले सिनियर खेलाडीको रुपमा टिमलाई अघि बढ्न मद्धत गर्नेछन्। खडक बोहोरा र इशान पाण्डे घरेलुमा राम्रो प्रदर्शन गर्ने ब्याटर हुन्। यी दुई ब्याटरलाई पनि टियुको बारेमा राम्रो ज्ञान छ। घरेलु मैदान भएका कारण नेपाली खेलाडीले थप जिम्मेवारी लिएर खेल्नुपर्ने हुन्छ।

    - Advertisement -spot_img

    समाचार

    - Advertisement -spot_img

    ट्रेन्डिङ समाचार

    spot_img

    पछिल्ला अपडेट