26.3 C
Achhām
अन्य

    महेन्द्र मावि स्थापना गर्ने अछामका प्रथम सांसद स्व. दिलबहादुर कुँवरको शालिक स्थापना

    सम्बन्धित समाचार

    असार १७,अछामः साँफेबगर नगरपालिका ८ चण्डिकाको महेन्द्र माध्यामिक विद्यालयमा दिलबहादुर(बुड्था) कुँवरको शालिक निमार्ण गरिएको छ । अछाम जिल्लाकै पहिलो माध्यामिक विद्यालय महेन्द्र मावि स्थापना गरेका जिल्लाका प्रथम सांसद स्वर्गीय कुँवरको शालिक निमार्ण गरिएको हो ।
    आज एक कार्यक्रमको आयोजना गरी विद्यालयको प्राङ्गणमा निमार्ण गरिएको स्वर्गीय दिलबहादुर कुँवरको शालिक अनावरण गरिएको छ । अछाम क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य एवम् पुर्व श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले शालिक अनावरण गरि उद्घाटन गरेका हुन् । स्वर्गीय वुवा दिलबहादुर कुँवरको १ सय १७ औं जन्मजयन्तीको अवसरमा शालिक अनावरण गरिएको उनका छोरा एवम् पुर्व राजदुत बलबहादुर कुँवरले जानकारी दिए । कार्यक्रमा पुर्व मन्त्री शेरबहादुर कुँवर,पुर्व जिविस सभापति भरत कुमार स्वाँर,जिल्ला समन्वय समिति प्रमुख ललित कुँवर,समाजसेवी राजन कुँवर,साफेबगर नगरपालिकाका उपप्रमुख शिबबहादुर कुँवरले स्वर्गीय दिलबहादुर कुँवरबाट जिल्लामा शिक्षाको ज्योति बाल्ने कामको सुरुवात गरेको भन्दै कुँवरले शिक्षाको क्षेत्रमा गरेको योगदानको प्रशंसा गरेका थिए ।

    स्वर्गीय कुँवरको जन्म १९६४ असार १७ गते भएको थियो भने देहावसान ९६ वर्षको उमेरमा विस २०५९ भदौ २९ गते भएको थियो । स्वर्गीय कुँवर २०१५ सालमा भएको आमनिर्वाचनमा पुर्व डोटी, अछाम र बाजुराबाट अत्याधिक मतले विजयी भएका थिए । त्यति बेला डोटी,अछाम र बाजुरा एकै निर्वाचन क्षेत्र रहेको थियो । २०१७ सालको प्रारम्भमा आफु सांसद रहदा कुँवरले महेन्द्र मावि स्थापनाका लागी स्वीकृत प्राप्त गरे । विद्यालय भवन निमार्णका लागी निजी स्तरबाट चन्दा संकलन गर्नुका साथै सरकारी अनुदान समेतबाट आर्थिक स्रोत जुटाए । भवन निमार्णको कार्य आफ्नो रेखदेखमा अगाडी बढाए । भवन निमार्णका लागी बैतडीबाट दक्ष मिस्त्री ल्याईएका थिए । भारतको पिथौरागढबाट ८÷१० दिनको कठिन बाटो हिडाएर शिक्षकहरु ल्याई पठनपाठनको सुरुवात गरेका थिए । विस १९८० मा १७ वर्षको उमेरमा प्रधानमन्त्री चन्द्र शम्शेरको शासनकालका उनी सरकारी सैनिक सेवामा प्रवेश गरेका थिए । करिब १० वर्षको सरकारी सेवापछि विस १९८९ सालमा जुद्ध शम्शेरको शासनकालमा वीरगञ्जको छोटी भन्सारको साक्षी सुवेदार पदबाट अवकाश लिएका थिए । सरकारी जागिरबाट अवकाश लिएपछि गृहजिल्ला फर्केर समाजसेवामा समर्पित भएका स्वर्गीय कुँवरको संक्षिप्त जीवनीमा उल्लेख गरिएको छ । स्वर्गीय कुँवर साँफेबगर नगरपालिका ३ झकाले निवासी स्व.पिता मनोहर सिंह कुँवर र माता मैनादेवी कुँवरका छोरा हुन् ।

    - Advertisement -spot_img

    समाचार

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    ट्रेन्डिङ समाचार

    पछिल्ला अपडेट