18.6 C
Achhām
अन्य

    पातलकोट भास्कुन टोलका सुनौलो हजार दिनका आमालाई पोषण सामाग्री वितरण

    सम्बन्धित समाचार

    भगवती कुँवर,अछाम
    साँफेबगर नगरपालिका वडा नम्बर १४ पातलकोटका महिलाहरुलाई पोषण मैत्री प्रवद्र्धन सम्बन्धी वितरण गरिएको छ । पातलकोट भास्कुन टोलका १८ जना सुनौलो हजार दिनका आमालाई पोषण मैत्री प्रवद्र्धन सम्बन्धी वितरण हो ।

    साँफेबगर नगरपालिकाको बहुक्षेत्रिय पोषण शाखा मार्फत एक क्यारेट अण्डा, साबुन, खानेतेल, लुगा लगायतका सामाग्री वितरण गरिएको शाखा प्रमुख चेतन गन्र्धवले जानकारी दिनुभयो । आज एक कार्यक्रमको आयोजना पोषण सामाग्री वितरण गरिएको हो । कार्यक्रममा वडा अध्यक्ष संजु थापाले महिला र बालबालिकाको क्षेत्रमा लगानी गरे मात्र समृद्ध समाजको परिकल्पना पुरा हुने बताउनु भयो । उहाँले घरमा आमा स्वस्थ र शिक्षित भए पुरै परिवार र समाजमा सकारात्मक प्रभाव पर्ने बताउनु भयो । अध्यक्ष थापाले साना बालबालिकाहरुलाई बिषेश गरी आमाहरुले खेतिपातिको समयमा स्तनपानमा ध्यान दिनुपर्नेमा सुझाब दिनु भयो । कार्यक्रममा पोषण शाखा प्रमुख चेतन गन्र्धवले पोषण सामा्री बितरण गर्नुको उदेश्यका बारेमा जानकारी गराउनु भएको थियो । उहाँले स्वास्थमा सुधारका साथै पोषण सम्बन्धी खानेकुरा खाने र सरसफाईबारे बानी बसाल्न र घरमै उपलब्ध खानेकुरालाई राम्रो तरिकाले खाने बानीको विकास गर्ने उदेश्यका पोषण सामाग्री वितरण गरिएको बताउनु भयो । कार्यक्रममा खानेपानी तथा सरसफाई शाखा प्रमुख कर्ण कुँवर,स्वास्थ चौकी पातलकोटका अहेव खगेन्द्र बुढा,पत्रकार महासंघ अछामका उपाध्यक्ष गीता कुँवर,महिला स्वास्थ सेविका रुपा बोहरा लगायतको सहभागीता रहेको थियो ।


    कार्यक्रममा सहभागी सुनौलो हजार दिनकी आमा रत्ना बोहराले स्वास्थ रहनलाई पोषण पाईने खानेकुरा खानुपर्छ भन्ने बानीको विकास गाउँघरमा हुन थालेको बताउनु भयो । उहाले बजारमा किनेको कुरामा मात्र पोषण पाईने सोच हराउदै गएरको र अहिले आफ्नै बारी घरमा पाईने कुराका प्रशस्त मात्राका पोषण पाईने रहेछ भन्ने बिषयमा जानकारी हुदै गएको बताउनु भयो ।

    - Advertisement -spot_img

    समाचार

    - Advertisement -spot_img

    ट्रेन्डिङ समाचार

    spot_img

    पछिल्ला अपडेट