5.3 C
Achhām
अन्य

    साँफेबगरमा सम्पन्न तेस्रो नगर प्रमुख तथा स्थानीय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगीतामा सुर्यचन्द्र मावि प्रथम

    सम्बन्धित समाचार

    पुष २५ अछाम
    साफेबगर नगरपालिकामा सम्पन्न तेस्रो नगर प्रमुख तथा स्थानीय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगीतामा सुर्यचन्द्र मावि प्रथम भएको छ । साँफेबगर नगरपािलका १ बैजनाथमा रहेको नमुना विद्यालय सुर्यचन्द्र माविले १० स्वर्ण,८ रजत र ३ कास्य सहित प्रथम स्थान हासिल गरेको हो । प्रतियोगीतामा साँफेबगर नगरपालिका ४ मष्टामाण्डौंको जनकल्याण मावि ४ स्वर्ण,३ रजत र २ कास्य सहित दोस्रो भएको छ । राष्ट्रीय मावि बाब्लाले ३ स्वर्ण,३ कास्य र ५ र सहित तेस्रो भएको छ । महेन्द्र मावि बयालपाटा २ स्वर्ण,३ रजत र २ कास्य सहित चौथो, हिमालय मावि खाल्सैन २ स्वर्ण,१ रजत र ५ कास्य सहित पाचौ,बर्चहिल एकेडेमि २ स्वर्ण,१ कास्य सहित छैठौ, तुका मावि खप्तड र किण्डर गार्डेन एकेडेमिले एक एक स्वर्ण प्राप्त गरेका छन् । नगर खेलकुद विकास समितिका अध्यक्ष अनिल कुँवरको अध्यक्षतामा भएको समापन कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख राजेन्द्र कुँवर,विशिष्ट अतिथि नगर उपप्रमुख शिबबहादुर कुँवर लगायत अन्य अतिथि रहेका थिए । कार्यक्रमको सञ्चालन शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख हिरादत्त भट्ट्ले गरेका थिए । प्रतियोगीता यहि पुष २१ गतेदेखि सञ्चालन भएको थियो । प्रतियोगीतामा नगरपालिका भित्रका १४ सामुदायिक र २ संस्थागत विद्यालयहरुको सहभागीता रहेको थियो ।

    - Advertisement -spot_img

    समाचार

    - Advertisement -spot_img

    ट्रेन्डिङ समाचार

    spot_img

    पछिल्ला अपडेट