6.4 C
Achhām
अन्य

    आत्मनिर्भर समुह मार्फत सबल बन्दै महिलाहरु

    सम्बन्धित समाचार

    मंसिर १८,अछाम
    साँफेबगर नगरपालिका– १३ बाब्लामा सञ्चालित महिला सशक्तिकरण र बाल संरक्षण परियोजनाको अनुगमन गरिएको छ । के एन एच र वाक नेपालको साझेदारीमा सञ्चालित परियोजनाको सरोकारवालाहरुको टोलीले सोमवार अनुगमन गरेको हो । परियोजना अन्र्तगत वडामा गठित महिलाहरुको आत्मनिर्भर समुहले गरेका कृयाकलापहरुको अनुगमन गरिएको हो । वडामा गठन भएका नवदुर्गा आत्मनिर्भर समुह र भगवति आत्मनिर्भर समुहको अनुगमन गरिएको छ । समुहको महिनाको चार पटक बैठक बस्ने र साप्ताहिक रुपमा समुहमा बचत गर्दे आएको र ऋण लगानी गरेर गाउँमा सानोतिनो व्यवसाय सञ्चालन गर्दे आएको नवदुर्गा आत्मनिर्भर समुहकी सदस्य ईसरा साउदले बताईन् । उनले साप्ताहिक रुपमा दश रुपंैयाँ बचत गर्ने गरेको र समुहको कोषमा २५ हजार १ सय १७ रुपंैयाँ बचत रहेको बताईन् । साउदले समुहबाट केहि ऋण लिएर गाउँमा खुद्रा पसल सञ्चालन गरेको बताईन् । २०७८ मंसिर २७ गते गठन भएको समुहमा २१ जना सदस्यहरु रहेका उनले बताईन् ।
    यसैगरी भगवति आत्मनिर्भर समुहमा हालसम्म ५६ हजार ९ सय ७५ रुपंैयाँ बचत रहेको समुहकी सदस्य रुपा भुलले बताईन् । २०७८ पुष १ गते गठन भएको समुहमा १९ सदस्य रहेका छन् । समुहमा भएको बचत १८ जना सदस्यहरुले ऋण लिएर व्यवसाय सञ्चालन,छोराछोरीको पढाई खर्च, औषधी उपचार गरेको भुलले बताईन् । महिनामा चार पटक बस्ने समुहको बैठक प्रत्येक सदस्यले २५ रुपैयाँ बचत गर्ने गरेका छन् । सामान्य घरखर्च देखि अन्य कामका लागी भारतमा रहेका श्रीमान्को भर पर्नुपर्ने अवस्था नरहेको बताईन् । समुहबाट ऋण लिएका सदस्यहरुले समयमै पैसा फिर्ता गर्ने गरेको भुलले बताईन् । न्युन आयस्तर भएका,विपन्न,पिछडिएका समुदायका महिलाहरुसमुहमा आवद्ध भएपछि ढुक्कसंग आफ्नो परिचय दिनसक्ने,आफ्ना कुराहरु राख्न सक्ने क्षमताको विकास भएको नवदुर्गा आत्मनिर्भर समुहकी सदस्य ललिता साउदले बताईन् । उनले भनिन्,‘समुहको बैठक हामी प्रत्येक सदस्यहरुले पालैपालो सञ्चालन गर्छाे,प्रत्येक बैठक अलग अलग सदस्यहरुले सञ्चालन गर्छाे,समुहमा सबै सदस्यहरु मात्र छौं,अध्यक्ष,उपाध्यक्ष जस्ता पदहरु छैनन्,सबै सदस्य मात्र भएकाले सबैले समान अवसरहरु पाएका छौं, बोल्न सक्ने भएका छौं,नाम भन्न समेत आउदैन,दुई मान्छेको अगाडी डर लाग्थ्यो बोल्न,अहिले बोल्न सक्ने भएका छौं ।’ बैठकमा स्वास्थ सरसरफाई,पोषिला खानेकुरा,महिलाका अधिकार,महिला हिंसा भएका के गर्ने कहाँ गएर उजुरी गर्ने,छोराछोरीको नियमित विद्यालय पठाउने,छाउपडि कुप्रथा,छुवाछुत अन्त्य लगायतका विषयमा छलफल गर्ने गरेको साउदले बताईन् ।

    अनुगमनको समिक्षा कार्यक्रममा नगर प्रमुख राजेन्द्रबहादुर कुँवरले परियोजना मार्फत गठन भएका महिलाहरुको समुहले गरेको कृयाकलापबाट आफु निकै प्रभावित भएको बताए । नगर प्रमुख कुँवरले विकट ग्रामीण भेगका महिलाहरु यसरी शसक्त रुपमा बाल्न सक्नु, बचत गर्ने बानीको विकास र सानो लगानीमा व्यवसाय सञ्चालन गरेर आर्थिक रुपमा मजबुत बनाउने कार्य परियोजनाले गरेको भन्दै प्रसंशा गरे । उनले साँफेबगर नगरपालिकाको उदेश्य पनि महिलाहरु सशसक्त बनाउनु रहेको भन्दै नगरपालिकाले राखेको उदेश्य वाक नेपालले पुरा गरिरहेको भन्दै धन्यवाद दिए ।
    कार्यक्रममा वडा अध्यक्ष रुपबहादुर कुँवरले परियोजना प्रभावकारी रहेको भन्दै वडामा छुटेका अन्य महिलाहरुलाई पनि समेट्न सुझाब दिए । यो परियोजनाले महिलाहरुलाई सिर्जनसिल बनाउन र आयस्तर बढाउन धेरै सहयोग गरेको भन्दै कार्यक्तम निरन्तरता सुझाब दिए । उनले बसाईसराईले गाउँबस्ती खाली भईसकेको अवस्थामा यो परियोजनाले गाउँमै बस्ने र केहि गर्ने हौसला प्रदान गरेको बताए ।
    समिक्षा कार्यक्रममा वाक नेपालका पुर्ब अध्यक्ष बलबहादुर केसीले सरोकारवालाहरुबाट आएका सुझाबहरुलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । केसीले परियोजनो राखेको उदेश्य प्राप्तीका लागी सबैको सहयोगको अपेक्षा राखे ।

    अनुगमन टोलीमा वडा सदस्य बलबहादुर साउद, हंस साउद,साँफेबगर नगरपालिका प्रशासन शाखा प्रमुख शंकर थापा,कुषि शाखा प्रमुख हिरा सार्कि,महिला बालबालिका तथा जेष्ट नागरिक शाखा प्रमुख अनिता जोशी,वाक नेपालका कार्यक्रम संयोजक चेतराज जोशी,महिला शसक्तिकरण र बाल अधिकार संरक्षण परियोजना अधिकृत दिनेश रावल,महिला सशक्तिकरण परियोजनाका प्रमुख सत्य स्वाँर,परियोजनाका सहजकर्ता पार्बति पुन मगर,वाक नेपालका कृति सिह कुँवर लगायत पत्रकारहरुको सहभागीता रहेको थियो
    परियोजनाको उदेश्य विपन्न महिला र बालबालिकाहरुको संरक्षण र सम्मानजनक जिवन प्राप्ती रहेको छ भने थप उदेश्यहरुमा अर्थपुर्ण सहभागीता मार्फत महिलाहरुको सामाजिक,राजनितिक अवस्था सुधार,आर्थिक गतिविधिहरुमा महिलाहरुको सहभागीता बृद्धि र महिला तथा बालबालिकाहरु सुरक्षित भएका हुनेछन् रहेको छ । यो परियोजना सन् २०२१ देखि २०२७ डिसेम्बर ३० सम्म सञ्चालन हुनेछ ।

    - Advertisement -spot_img

    समाचार

    - Advertisement -spot_img

    ट्रेन्डिङ समाचार

    spot_img

    पछिल्ला अपडेट