9.1 C
Achhām
अन्य

    सुदूरपश्चिम प्रदेश खेलकुदको प्रबल सम्भावना भएको क्षेत्र होः मन्त्री खड्का

    सम्बन्धित समाचार

    कैलालीःसुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री माननिय मेघराज खड्काले सुदूरपश्चिम प्रदेश खेलकुदको प्रबल सम्भावनाको प्रदेश भएको बताएका छन।

    शुक्रबार कैलालीको कैलारी गाउँपालिका ४ मा आयोजित थारुहरुको विशेष पर्व अटबारी तथा महिलाहरुको महानपर्व हरितालिका तिज पर्वको अवसरमा २५औ निसर्ग हस्पिटल महिला तथा पुरुष फुटबल प्रतियोगिता २०८१को उद्घाटन गर्दै मन्त्री खड्काले सुदूरपश्चिमका खेलाडीहरुले विभिन्न खेलहरुमा राष्ट्रिय स्तरमा बर्चस्व कायम राखेको बताएका छन् । आफू भित्र लुकेर बसेका प्रतिभाहरुलाई उजागर गर्न सके खेलाडीले गाउँ ठाउँको मात्रै नभई सिङ्गो देशमा आफ्नो पहिचान बनाउन सक्ने बताए ।
    सुदूरपश्चिमकै दिपेन्द्र सिहं ऐरीले बिश्व जगत नेपालको नाम चिनाउने काम गरेका बताउदै अन्य खेलाडीहरुले समेत दिर्घकालिन लक्ष्य राखेर खेल क्षेत्रमा लाग्नुपर्ने बताए। खेल र खेलाडीका क्षेत्रमा आफ्नो मन्त्रालयले क्षमताले भ्याए सम्म काम गर्ने मन्त्री खड्काले बताए । उनले राज्यबाट खेल क्षेत्रमा सोचे अनुसारको लगानी भने हुन नसकेको बताए ।

    - Advertisement -spot_img

    समाचार

    - Advertisement -spot_img

    ट्रेन्डिङ समाचार

    spot_img

    पछिल्ला अपडेट