26.3 C
Achhām
अन्य

    हरितालिका तिजको अवसरमा साँफेबगरमा न्याउले खेल प्रतियोगीता हुने

    सम्बन्धित समाचार

    भदौ १८ भगवती कुँवर 

    अछामको साँफेबगर नगरपालिकामा हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको अवसरमा एकल ठाडी भाका र न्याउले खेल प्रतियोगीता कार्यक्रम हुने भएको छ ।

    साँफेबगर नगरपािलका महिला तथा बालबालिका शाखाको आयोजनामा भाद्र १९ गते बुधवार नगरपालिकाको प्रांगणमा एकल ठाडी भाका र न्याउले खेल प्रतियोगीता हुने भएको हो । प्रतियोगीतामा नगरपालिकाका १४ वटै वडाका महिला दिदि बहिनिहरुलाई सहभागी हुन अनुरोध गरिएको छ । एउटा वडाबाट एकल ठाडी भाका का लागि १ जना महिला र न्याउले खेलका लागि ८ जना महिलाहरुको समुहको टिम भदौ १९ गते बिहान १० बजे सम्म दर्ता गराउन सुचानामा भनिएको छ । न्याउले खेलमा स्थानिय पोशाक लगाउनु पर्ने र स्थानिय लोक संस्कृतिको जर्गेना तथा महिलाका हक,अधिकार सम्बन्धि बिषयवस्तु समेटेको हुनु पर्ने भएको छ ।

     

    प्रतियोगीता कार्यक्रममा प्रथम हुने टिमलाई ७ हजार,दित्तीयलाई ५ हजार, तृतियलाई ४ हजार र सान्त्वना हुने टिमलाई ३ हजार पुरुस्कार प्रदान गरिने भएको छ भने एकल ठाडी भाकामा प्रथम हुनेलाई ४ हजार, दित्तीयलाइ ३ हजार,तृतियलाई २ हजार र सान्त्वनालाई १५ सय पुरुस्कारको व्यवस्था गरिएको छ।

     

     

                         

    - Advertisement -spot_img

    समाचार

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    ट्रेन्डिङ समाचार

    पछिल्ला अपडेट