असार २५,अछाम
साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्रबहादुर कुँवरले बालबालिकाहरुलाई कपडा वितरण गरेका छन् । नगर प्रमुख कुँवर आज आफ्नो जन्मदिनको अवसरमा नगरभित्रका १४ वडाका ३० जना विपन्न बालबालिकाहरुलाई एक जोर कपडा वितरण गरेका हुन् ।
नगरपालिकामा आज एक कार्यक्रमको आयोजना गरी विपन्न,अभिभावक विहिन,असहाय बालबालिकालाई नगर प्रमुख कुँवरले आफुले पाउने सेवा सुविधाबाट जन्मोत्सवको अवसरमा कपडा वितरण गरेको हुन् । नगर प्रमुख कुँवरले आफ्नो पनि बाल्यकाल दुखमा वितेको भन्दै एकल आमाले सन्तान हुर्काउदा गरेको संर्घष आफुले देखेको र भोगेको कारण बालबालिकाको क्षेत्रमा आफुले सक्दो सहयोग र लगानी गर्दे आएको बताए ।
नगर प्रमुख कुँवरले शैक्षिक सामाग्री तथा कपडा पाउदा बालबालिकाहरुमा खुशी थपिने र विपन्न ,असहाय बालबालिकाको अभिभावक नगरपालिका जनप्रतिनिधि भएकोले अभिभाकत्व प्रदानमा कुनै कमी नहुने बताए ।
नगर प्रमुखले यस अघिपनि आफुले पाउने सेवा सुविधाबाट बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गर्दे आएका छन् ।