16.9 C
Achhām
अन्य

    एसईई पुरक परिक्षाको ट्युशन कक्षा शुल्क वडाले व्यहोर्ने

    सम्बन्धित समाचार

    असार २३,अछाम
    साँफेबगर नगरपालिका १२ खप्तडले एसईई पुरक परिक्षा दिन पाउने विद्यार्थीहरुलाई ट्युशन कक्षा पढ्नका लागी शुल्क वडाबाट व्यहोर्ने भएको छ । वडा भित्रका विद्यार्थीहरुलाई ट्युशन पढ्न लाग्ने शुल्क व्यहोर्ने निर्णय भएको वडा अध्यक्ष जनक कडायतले जानकारी दिए । तुका मावि खप्तडबाट एसईईमा ६ जना सहभागी भएका थिए । ६ जना मध्ये एक जना मात्र उत्तीर्ण भएका छन् । वडाका बासिन्दा भएर बाहिर विद्यालयमा पढ्दै गरेका पुरक परिक्षा दिने विद्यार्थीले समेत सम्पर्क गर्न अवडा अध्यक्ष कडायतले आग्रह गरे । उनले भने,‘तुका माविका मात्र नभएर वडा भित्रका तर साँफेबगर नगरपालिका भित्र जुनसुकै विद्यालययमा पढ्ने पुरकमा परेका विद्यार्थीलाई ट्युशन शुल्क वडाले तिर्ने निर्णय गरेका छौं । यसले केहि भएपनि विद्यार्थीहरुलाई राहत हुने आशा छ ।’ वडा सरकारले विकास निमार्णका काम मात्र नभएर वडाबासीलाई अभिभावकत्व प्रदान गर्नुपर्छ भन्ने उदेश्यका साथ ट्युशनको शुल्क वडाको बजेटबाट व्यहोर्ने निर्णय गरेको कडायतले बताए ।

    - Advertisement -spot_img

    समाचार

    - Advertisement -spot_img

    ट्रेन्डिङ समाचार

    spot_img

    पछिल्ला अपडेट