भगवति कुँवर, माघ ६ अछाम
नेपाल शिक्षक संघ नगर कार्यसमिति साँफेबगर अछामको छैटौँ नगर प्रतिनिधि सभा शनिबार सम्पन्न भएको छ।“शिक्षक मर्यादितपेशा,विद्यार्थीका लागी जीवनोपयोगी शिक्षा”भन्ने नाराका साथ नेपाल शिक्षक संघ साँफेबगर नगर कार्य समितिको आयोजनामाछैटौँ नगर सभा सम्पन्न भएको हो।
शिक्षक सघं नगर कार्यसमिति अध्यक्ष शंकर बहादुर कुँवरको अध्यक्षतामा सञ्चालन भएको सभा कार्यक्रमका प्रमुख अतिथि पुर्वजिल्ला समन्वय समिति सभापति तथा नेपाली काग्रेसका पुर्व जिल्ला कार्य समिति सभापति भरत कुमार स्वाँर रहेका थिए । यस्तैकार्यक्रमको विशिष्ट अतिथिमा साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवर,नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिसभापति नविन्द्र राज जोशी,पुर्व केन्द्रिय सदस्य देवेन्द्र शाह रहेका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले जिल्लाका अन्य पालिकाका शिक्षकहरुले मासिक तलव पाई रहेका बेला साँफेबगर नगरपालिकालेभने चार महिना सम्म पनि तलव भुक्तानी नगरि दिएको भन्र्दै गुनासो गरेका छन्। मासिक तलव भुक्तानीको लागी गत पुष १४ गतेशिक्षक सघं नगर कार्यसमिति साँफेबगरले नगरपालिकालाई बुझाएको ध्यानाकर्षण पत्रको बेवास्था गरेको बताएका छन्।नगरपालिकामा कार्यरत शिक्षकहरु आफनो जिम्मेवारीमा निरन्तर लागी रहेको भए पनि समयमा नगरपालिकाबाट मासिक तलबभुक्तानी नभएकाले शिक्षकहरु पेशाप्रति निराश बन्दै गएको र कार्य सम्पादनमा असर परेको उनिहरुको भनाई रहेको छ।
यस्तै अव पनि शिक्षकहरुको माग पुरा नभएमा नगरपालिकामा तालाबन्दी लगाएत आन्दोलनका कार्यक्रमहरु अगाडी बढाउनेचेतावनी दिएका छन।बसाईसराई कारण विद्ययालयमा दिन प्रतिदिन विद्यार्थीको संख्या घटि रहेकाले विद्ययालय मर्च गर्नु पर्नेअवस्थामा शिक्षकलाई स्थापित गर्न नगरपालिकाले पहल गर्नु पर्ने बताएका छन्।
कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै र्पुव जिल्ला समन्वय समिति सभापति भरत कुमार स्वारले शिक्षकहरुजनताका छोरा छोरीको अगुवाई गर्ने अभिभावक भएको बताए । विद्यार्थीलाई गलत आचरणमा फस्न नदिनका लागी शिक्षककोमुख्य भुमिका रहने भएकाले शिक्षकका आवश्यकता पुरा गर्नु स्थानिय सरकार र जनप्रतिनिधको कर्तव्य भएको बताए । यस्तै पुर्वसभापति स्वारले जिल्लाका सबै पालिकाका शिक्षक संघ,संगठनलाई बलियो बनाउन,शिक्षकको हक अधिकारको लागी बोल्न र यहाँभित्र भएको भष्ट्रचारलाई बाहिर ल्याउनको लागी नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिले सक्रिय भएर लाग्नु पर्नेमा जोड दिए ।
कार्यक्रमका विशिष्ट अतिथि साँफेबगर नगरपालिका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले नेपाल शिक्षक सघं नगर कार्यसमितिलेबुझाएको ज्ञापनपत्रमा आफु पनि गम्भिर भएको बताउनु भयो। विभिन्न समस्याका कारण शिक्षकको तलव भुक्तानी गर्न नसकेकोजानकारी गराउदै केहि दिनमा मासिक तलव भुक्तानी गर्ने प्रतिवद्धता व्यक्त गरे । नगरको शैक्षिक सुधार गर्ने उदेश्यका साथ वडासरकार र विद्ययालय संग समन्वय,सहकार्य गरेर नगरपालिकाले विभिन्न किसिमका क्रियाकलाप अगाडी बढाई रहेको जानकारी दिए। साथै नगर प्रमुख कुँवरले गुणस्तरीय शिक्षा बनाउनुका लागी शिक्षक, अभिभावक सबैले सहयोग गर्न आवश्यक रहको बताए ।
नेपाल शिक्षक संघ नगर कार्यसमिति अध्यक्ष शंकर बहादुर कुँवरले आर्थिक वर्ष २०८०÷८१ म गरेका कामको बारेमा जानकारी दिए ।एक वर्षको अवधीमा ६६ हजार ८ सय ८० रुपँया जम्मा आम्दानी भएको छ भने ७१ हजार २ सय १० रुँपैया खर्च भएको छ। शिक्षकसघं नगर कार्यसमितिमा अहिले सम्म २ सय १ जना सदस्य रहेका छन्।
कार्यक्रममा नेपाल शिक्षक संघ जिल्ला कार्य समिति सभापति नविन्द्र राज जोशी,पुर्व केन्द्रिय सदस्य देवेन्द्र शाह,नेपाली कांग्रेस क्षेत्रनम्बर १ का क्षेत्रिय सभापति कृष्ण बुढा,नेपाली कांग्रेस प्रदेश सभापति महेश खड्का,नेपाली कांग्रेस नगर सचिव सुदर्शन शर्मा,वडानम्बर १२ का वडा अध्यक्ष जनक कडायत,प्रध्यानाध्यापक शम्भु कुँवर ,प्रेमबहादुर कुँवर, शिक्षक संघ पुर्व प्रदेश प्रतिनिधि विर बहादुरकुँवर, शिक्षक महासघं नगर अध्यक्ष उमाकान्त जोशी,नेपा पे्रस युनियन प्रदेश उपाअध्यक्ष गीता कुँवर लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
वडा नम्बर २ का वडा अध्यक्ष सेत बहादुर कुँवर,४ अध्यक्ष नवराज बुढा,५ अध्यक्ष मक्कर कुँवर,७ का अध्यक्ष हिक्मत कडायतलगाएत नेपाल शिक्षक नगर कार्यसमितिका सदस्य शिक्षक शिक्षिका प्रत्रकारहरुको सहभागीता रहको थियो ।नगर कार्यसमितिउपाअध्यक्ष एकेन्द्र खड्काले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव धन बहादुर खातीले गरेका थिए ।