8.2 C
Achhām
अन्य

    एमाले र कांग्रेसको गठबन्धन बनेसँगै सेयर बजारमा सर्किट

    सम्बन्धित समाचार

    असार १८ काठमाडौं : सरकार  परिवर्तन भएसँगै  सेयर बजारमा उचाल आएको छ। नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ गठनबन्धन गर्ने  सहमति भएसँगै मंगलबार सेयर बजारमा उछाल देखिएको हो। एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ।

    सरकार परिवर्तनको प्रभाव लगानीकर्तामा परेको हुनुसक्ने सेयर विश्लेषकहरू बताउँछन्। कारोबार सुरु भएको पहिलो मिनेटमै नेप्से परिसूचक चार प्रतिशतले बढेर सकारात्मक सर्किट लागेपछि २० मिनेटका लागि कारोबार स्थगन भएको थियो । त्यसपछि ११ः२१ बजे खुलेको कारोबारमा परिसूचक ५ प्रतिशतले बढेपछि दोस्रो पटक ४० मिनेटका लागि कारोबार स्थगित भएको नेप्सेले जनाएको छ । अब ४० मिनेटपछि पुन: सेयर कारोबार खुल्नेछ।

    दोस्रो सर्किट ब्रेक लाग्दा नेप्से परिसूचक १०२.६८ अंकले बढेर २१५६.०७ विन्दुमा अडिएको छ। सेयर बजारमा एक घण्टाअघि ४ प्रतिशतले नेप्से बढे २० मिनेट सर्किट ब्रेक  लाग्छ। त्यसपछि खुलेको बजारमा ५ प्रतिशतले नेप्से बढे ४० मिनेट र ६ प्रतिशतले बढे दिनभरको कारोबार बन्द हुने गर्छ।

    - Advertisement -spot_img

    समाचार

    - Advertisement -spot_img

    ट्रेन्डिङ समाचार

    spot_img

    पछिल्ला अपडेट