5.3 C
Achhām
अन्य

    शिक्षकको मासिक तलब समयमा भुक्तानी गर्न शिक्षक सघंद्धारा साँफेबगर नगरपालिकाको ध्यानाकर्षण

    सम्बन्धित समाचार

    भगवती कुँवर,अछाम पुष १५
    शिक्षक तथा विद्यालय कर्मचारीको मासिक तलब समयमा भुक्तानी गरिदिन शिक्षक सघं नगरकार्य समिति साँफेबगरले नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ।आईतबार नेपाल शिक्षक संघ नगरकार्य समिति साँफेबगरका अध्यक्ष शंकरबहादुर कुँवर लगाएतको टोलीले साफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्रबहादुर कुँवर र शिक्षा शाखा प्रमुख हिरादत्त भट्टलाई ध्यानाकर्षण पत्र बुझाईएको हो।
    नगरपालिकामा कार्यरत शिक्षकहरु आफनो जिम्मेवारीमा निरन्तर लागी रहेको भएपनि पनि समयमा नगरपालिकाबाट मासिक तलब भुक्तानी नभएकाले शिक्षकहरु पेशाप्रति निराश बन्दै गएको र कार्य सम्पादनमा असर परेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले जारी गरेको आर्थिक वर्ष २०८१÷८२को कार्यक्रम कार्यान्वयन कार्य विधिको व्यवस्था र संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको मंसिर २० गतेको पत्र मार्फत शिक्षा ऐन,नियमावली प्रचलित कानुनले कुनै शिक्षकको मासिक तलब भत्ता रोक्का राख्ने व्यवस्था गरेको अवस्था बाहेक शिक्षकले काम गरे बाफत मासिक तलब भत्ता भुक्तानी गर्न सबै स्थानिय तहमा परिपत्र गरेको छ ।
    त्यसै व्यवस्था अनुसार जिल्लाका अन्य पालिकाले मासिक तलब भुक्तानी गरिरहेकाले यस नगरपालिका पनि यहाँ कार्यरत शिक्षकहरुको तलब भुक्तानी जिम्मेवार बन्नेमा पुर्ण विश्वास गदर्छौ उक्त पत्रमा भनिएको छ।साथै पालिकाद्धारा नियुक्ति गरिएका शिक्षकको तलब भत्ताले जीवन निर्वाहमा कठिन भएको भन्दै सरकारले निधारर्ण गरेको तलबभत्ता उपलब्ध गराउन माग गरिएको शिक्षक सघं नगरकार्यं समितिका अध्यक्ष शंकरबहादुर कुँवरले जानकारी दिए । ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख राजेन्द्रबहादुर कुँवरले नगरपालिकामा कार्यरत शिक्षकको मासिक तलब समयमा भुक्तानी समयमा नै गर्नेमा प्रतिवद्ध जनाए ।

    - Advertisement -spot_img

    समाचार

    - Advertisement -spot_img

    ट्रेन्डिङ समाचार

    spot_img

    पछिल्ला अपडेट