5.1 C
Achhām
अन्य

    पर्यटन मन्त्री पाण्डेद्धारा सातौ साँफेबगर महोत्सवको उद्घाटन

    सम्बन्धित समाचार

    माघ ११ अछाम
    सातौ साँफेबगर महोत्सव आजबाट साँफेबगरमा सुरु भएको छ । लायन्स क्लब अफ साँफेबगरले आयोजना गरेको महोत्सवको सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रि पाण्डेले गरेका छन् । महोत्सवको उद्घाटन समारोहका प्रमुख अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रि पाण्डेले दश वर्षे पर्यटनका प्राथमिकताका योजनाहरु सहितको कार्ययोजना निमार्ण भईरहेको बताएका छन् । मन्त्री पाण्डेले परिमाण र प्रतिफल छिट्टै आउने गरी कार्ययोजना बनिरहेको बताए । मन्त्री पाण्डेले पर्यटनको क्षेत्रमा पछि पारेको सुदूरपश्चिमलाई विषेश प्राथमिकताका साथ समेटेर योजना तयार गरिने बताउदै सुदूरका प्राकृतिक तथा सांस्कृति सम्पदाको संरक्षण प्रचार प्रसार गर्दे गन्तव्यलाई कसरी सहज बनाउन सकिन्छ भन्ने विषयमा मन्त्रालय लागी परेको बताए । उनले भने,‘यहाँको विविधतापुर्ण संस्कृति, धार्मिक विशिष्टतालाई महत्वका साथ अगाडी बढाईनेछ,सातै प्रदेशमा प्रदेश सरकारका आफ्नै ट्वीनेटर विमान खरिद, सञ्चालन लगायतका विषयमा छलफल चलिरहेको छ । अहिले सुदूरका पहाडी जिल्लाहरु विमान अभावका कारण नियमित हवाई उडान हुने सकेको छैन ।’
    नेपाली कांग्रेसका सहमहामन्त्री समेत रहेका मन्त्री पाण्डेले गठबन्धनको सरकार २०८४ सम्म टिक्ने बताए । कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी दिपक लगायत पार्टीका प्रमुख तथा प्रतिनिधि,जनप्रतिनिधि,महिला अधिकारकर्मी लगायतको उपस्थिति रहेको थियो । महोत्सवको उद्घाटन समारोहको सचालन लायन्स क्लब अफ साँफेबगरका महासचिब महेश कुँवरले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य क्लबका अध्यक्ष दिनेश कुँवरले राखेका थिए ।
    महोत्सवमा डोटी पुर्वीचौकी गाउँपालिकाको भुवो,मेल्लेख गाउँपालिकाको पुतला र चौरपाटी गाउँपालिकाको न्याउले खेल प्रदर्शन गरिएको छ ।

    - Advertisement -spot_img

    समाचार

    - Advertisement -spot_img

    ट्रेन्डिङ समाचार

    spot_img

    पछिल्ला अपडेट