8.2 C
Achhām
अन्य

    समविकास नेपालद्धारा फ्रिडम किट व्याग वितरण

    सम्बन्धित समाचार

    माघ ७ अछाम
    समविकास नेपालले आज फ्रिडम किट व्याग वितरण गरेको छ । साँफेबगर नगरपालिकाका ५० कर्मचारीहरुलाई महिनावारीका बेला आवश्यक सामाग्री वितरण गरेको हो । समविकासको नियमित कार्यक्रम अन्र्तगत जैविक पुनः प्रयोग हुने प्याड लगायतका सामग्री वितरण गरिएको हो । कार्यक्रममा महिला अधिकारकर्मी पशुपति कँुवरले महिनावारीका समयमा प्रयोग हुने प्याड वातावरण र स्वास्थ मैत्री हुनु पर्नेमा जोड दिईन । कार्यक्रममा कुँवरले जलवायु परिवर्तनको मुद्धा विश्वव्यापी रुपमा उठिरहेको बेला साफेबगरमा रहेको दिदि बहिनी प्याड उधोगले वातावरण मैत्री जैविक प्याड उत्पादन गरिरहेको बताईन् । उनले बजारमा पाईने प्याडले महिलाहरुको स्वास्थमा असर पुर्याईरहेको भन्दै वातावरणमा पनि ठुलो असर गरिरहेको बताउदै महिलाहरुमा हुने पाठेघरको क्यान्सरका विभिन्न कारण मध्ये एक बजारमा पाईने केमिकल युक्त प्याड एक कारण रहेको बताईन् । उनले बजारमा पाईने प्रयोग गरिएको प्याड कुहिन बर्षाे लाग्ने भएकाले वातावरणमा पनि यसले असर गरिरहेको बताईन् ।
    कार्यक्रमको संचालन महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख अनिता जोशीले गरेकि थिईन ।

    - Advertisement -spot_img

    समाचार

    - Advertisement -spot_img

    ट्रेन्डिङ समाचार

    spot_img

    पछिल्ला अपडेट