5.3 C
Achhām
अन्य

    नेपाल रेडक्रस सोसाईटी उपशाखा साँफेबगरको सभापतिमा ललितबहादुर कुँवर चयन

    सम्बन्धित समाचार

    भगवति कुँवर,पुष २७ अछाम
    नेपाल रेडक्रस सोसाईटी उपशाखा साँफेबगरका सभापतिमा ललितबहादुर कुँवर चयन भएका छन् । साँफेबगरमा सम्पन्न आठौं अधिबेशनले कुँवरलाई पुनः सभापतिमा चयन गरेको हो । जसको कोषाध्यक्षमा रुपा आउजी, सह–कोषाध्यक्षमा संगीता बिक, सचिवमा भगवती कुँवर,उपसचिवमा विक्रम खड्का, सदस्यमा अप्सरा कुँवर,आकाश कुँवर,सञ्जु थापा,दिपक कुँवर लगाएत ११ जनाको कार्य समिति चयन गरिएको हो ।
    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख कुँवरले नेपाल रेडक्रस शाखाले आफनो स्थापना काल देखि विपदजन्य घटना लगाएतका क्षेत्रमा काम गरि रहेको भन्दै संस्थाको प्रशंसा गरे । साँफेबगर तिन वटा जिल्लाको मुख्य केन्द्रकोे ठाउँ भएकाले प्राकृतिक प्रकोपबाट प्रभावित हुने नागरिकलाई तत्काल राहत उपलब्ध गराउन यस क्षेत्रमा एउटा गोदामको आवश्यक रहेकाले गोदाम निमार्णको लागी स्थानिय सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए । नगर प्रमुख कुँवरले विपदको लागी नगरपालिकाले पुर्ण तयारी गरि सकेको बताउनु हुदै आवश्यक पर्ने स्रोत र साधनको भने अभाव रहेको जानकारी दिए ।

    विशिष्ट अतिथिमा नगर उपप्रमुख शिव बहादुर कुँवर,नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा अछामका सभापति रत्न प्रसाद ढुङगाना,उपसभापति खडक खड्का,साँफेबगर नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष दिपकबहादुर कुँवर,नेपाल रेडक्रस उपशाखाका सदस्य अप्सरा कुँवरले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले रेडक्रसले निश्पक्ष ढंगबाट आफना क्रिर्याकलापलाई चलायमान बनाएर लैजानु पर्ने सुझाव दिएका छन्। संस्थाको वार्षिक र आर्थिक प्रतिवेदन निवर्तमान् सचिव चक्रबहादुर कुँवरले प्रस्तुत गरेका थिए । आर्थिक वर्ष २०७८ देखि २०८० सम्म १ लाख ५४ हजार १ सय ७८ आम्दानी भएको छ भने १ लाख ३८ हजार १ सय ७८ खर्च भएको छ। जम्मा बचत १६ हजार रहको सचिव कुँवरले जानकारी दिए । तिन वर्षको अवधिमा संस्थाले क्रिर्याकलाप र आगामी दिनमा गर्ने कामहरुको र चुनौतीका बारेमा पनि जानकारी गराएका थिए ।

    - Advertisement -spot_img

    समाचार

    - Advertisement -spot_img

    ट्रेन्डिङ समाचार

    spot_img

    पछिल्ला अपडेट