5.3 C
Achhām
अन्य

    मंगलसेन नगरपालिकाका एक किसानलाई भैंसिको बिमा वापतको चेक हस्तान्तरण

    सम्बन्धित समाचार

    भगवति कुँवर,पुष २५ अछाम
    मंगलसेन नगरपालिका वडा नम्बर ६ का डाँडागाउँका किसानलाई भैंसिको बिमा वाफत रकमको चेक हस्तान्तरण गरिएको छ। बिहिवार कार्यक्रमको आयोजना गरि किसान दुरा भण्डारीलाई युनाइटेड अजोड इन्स्योरेन्सले शाखाले ९० हजारकोे क्षतिपूर्ति चेक हस्तान्तरण गरिएको हो। भण्डारीले आफ्नो पालिएको भैंसी गुमाउनु परेपछि आर्थिक समस्यामा परेको बताएकी थिईन ।साथै उनले समयमै बिमा दाबी गरे पछि इन्स्योरेन्स कम्पनीले दाबी प्रक्रिया छिटो पूरा गर्दै उक्त क्षतिपूर्ति रकम उपलब्ध गराएको बताएको छ।

    कार्यक्रममा बोल्दै प्राविधिक होमराज जोशीले बीमा योजनाको महत्वबारे जानकारी गराएका थिए । किसान दुराले भैंसिको बिमा गर्दा १ हजार २ सय २० रुपँया दिएको र बिमा भुक्तानी गर्दा ९० हजारकोे चेक हस्तान्तरण गरिएको बताए ।ग्रामीण क्षेत्रमा पशुपालन व्यवसाय धेरै किसानहरूको मुख्य आयस्रोत भएकाले बिमामा सहभागी भएर आफ्नो व्यवसायलाई सुरक्षित बनाउन उनले आग्रह गरे । साथै प्राविधिक जोशीले यस कार्यक्रमले दुरा भण्डारी जस्ता किसानलाई राहत दिने मात्र नभई, बिमा योजनाहरूप्रति ग्रामीण क्षेत्रका किसानहरूको विश्वास थप बलियो बनाउने गरेको बताए।

    स्थानीय बासिन्दाहरूले युनाइटेड अजोड इन्स्योरेन्सको कामको प्रशंसा गर्दै बिमा योजनामा सहभागी हुने प्रेरणा मिलेको बताएका छन्। यस्तै किसान दुरा भण्डारीले इन्स्योरेन्स शाखालाई धन्यवाद व्यक्त गर्दै यो समयमा पाएको सहयोगले आफूलाई ठुलो राहत मिलेको बताएकी छन्। यसैविच युनाइटेड अजोड इन्स्योरेन्स शाखाले किसानहरूको जोखिम व्यवस्थापनका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ।

    - Advertisement -spot_img

    समाचार

    - Advertisement -spot_img

    ट्रेन्डिङ समाचार

    spot_img

    पछिल्ला अपडेट