माघ ११ अछाम
साँफेबगर नगरपालिकाका अपाङ्गता भएका ४६ जनालाई परिचयपत्र वितरण गरिएको छ ।
साँफेबगर नगरपालिकाको आयोजनामा सम्पन्न दुईदिने अपाङ्गताको पहिचान,परिचयपत्र वितरण तथा निशुल्क औषधी उपचार शिविरबाट ४६ जनालाई ४६ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको हो । शिविरबाट १३ जनाले ‘क’ ,१६ जनाले ‘ख’ ,११ जनाले ‘ग’ र ६ जनाले ‘घ’ बर्गको परिचय पत्र प्राप्त गरेका छन् । शिविरबाट २३९ जनाले निशुल्क स्वास्थ्य सेवा लिएका छन् । १०९ पुरुष र १३० जना महिला शिविरबाट लाभान्वित भएका आस्था नेपालका भ्वान सिंह सार्कीले जानकारी दिए ।
शिविरको समापन कार्यक्रममा बोल्दै नगर प्रमुख राजेन्द्र कुँवरले शिविर सञ्चालनका लागी सहयोग गर्ने आस्था,वल्डभिजन र रेडक्रसलाई धन्यवाद दिए । नगर प्रमुख कुँवरले बर्षाेदेखि परिचय पत्रबाछ बञ्चित भएर राज्यको सेवा सुविधा नपाएकालाई यो शिविरले धेरै राहत प्रदान गरेको बताए । आस्था नेपाल वल्ड भिजन ईन्टरनेशल नेपाल तथा रेडक्रस सोसाईटीको आर्थिक तथा प्राविधिक सहयोगमा दुईदिने शिविर आज सम्पन्न भएको हो ।