5.3 C
Achhām
अन्य

    बालविवाह रोकथामका लागी सबै पक्ष प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड

    सम्बन्धित समाचार

    अछाम पुष २४
    चौरपाटी गाउँपालिकाका जनप्रतिनिधि तथा सरोकारवालाहरुले बालविवाह रोकथामका लागी सबै पक्ष प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका छन् । समविकास नेपालद्धारा सञ्चालित हाम्रो पहिचान परियोजना अन्तर्गत बुधवार पालिकामा आयोजित लैङ्गिक समानता र बालविवाह रोकथामका लागी जनप्रतिनिधि तथा धर्म गुरुहरुसंगको एकदिने संवाद कार्यक्रममा सहभागी सरोकारवालाहरुले सामाजिक रुपान्तरणको क्षेत्रमा निरन्तर अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् । कार्यक्रममा चौरपाटी गाउँपालिका अध्यक्ष भीमबहादुर साउदले वालविवाह,बहुविवाह रोकथाम,छाउपडि कुप्रथा अन्त्यको अभियानमा सबै सरोकारवालाहरुले अन्तरआत्मा देखि नै लागे मात्र सम्भव भएको बताए । अध्यक्ष साउदले यसका लागी पालिकाले प्रर्याप्त बजेट विनियोजन गर्दे आईरहेको र बालविवाह अन्त्य महिला हिंसा अन्त्यका लागी विभिन्न कृयाकलापहरु सञ्चालन भईरहेको बताए । अध्यक्ष साउदले गत आर्थिक वर्षमा पालिका भित्रका १९ वर्षमुनिका ४५ जना गर्भवति रहेको स्वास्थको तंथाकमा रहेको बताए ।
    उपाध्यक्ष सरदेवि खड्काले गाउँघरमा हिंसाका घटनाहरु घटेपनि न्यायिक समितिसम्म नपुग्ने गरेको बताईन् । दुर्गमका महिलाहरुको स्वास्थलाई मध्य स्वास्थ शिविर सञ्चालन गरेको बताईन् । उपाध्यक्ष खड्काले महिला,बालबालिका,दलितको क्षेत्रमा विभिन्न कार्यक्रमहरु सञ्चालन भएको बताईन् ।
    चौरपाटी गाउँपालिका ५ का लुंग्राका वडाअध्यक्ष हिमकर्ण खड्का र वडा नम्बर ४ पायलका वडाअध्यक्ष लालबहादुर धामीले वडामा बालविवाह न्युनिकरणका लागी बाल क्लब,महिला संजालहरु मार्फत जनचेतना मुलक कार्यक्रमहरु गर्दे आएको बताएका छन् ।
    दयापिपल तोला माविका प्रधानाध्यापक प्रेम खड्का र बैजनाथ माविका शिक्षक नरेन्द्र खड्काले विद्यालयमा छात्र भन्दा छात्राको संख्या बढिरहेको बताउदै विद्यालयका अतिरिक्त कृयाकलापहरु मार्फत बालविवाह गर्दा हुने बेफाईदा र असरहरुका विषयमा जानकारी गराउदै आएको बताए ।
    कार्यक्रममा सहभागी किशोरीले अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई बिषेश ध्यान दिनुपर्ने बताईन् । उनले सानै उमेर अभिभावकहरुले मोवाईल प्रयोगका लागी बालबालिकाहरुलाई दिने गरेकाले यसको दुरुपयोग बढेको बताईन् । उनले पछिल्लो समय प्रविधिको बढ्दो दुरुपयोगका कारण पनि बालविवाहका घटना बढ्दै गएकाले प्रविधिको सदुपयोगमा जोड दिनुपर्ने बताईन् । कार्यक्रममा पालिका स्तरिय महिला संजालका अध्यक्ष क्षेत्र खड्काले पालिकासंग सहकार्यमा संजाल मार्फत भईरहेको कृयाकलापहरुका बारेमा जानकारी गराईन् ।
    कार्यक्रममा कार्यपालिका सदस्य कौशी कुँवर,भरत विक,नेपाली कांग्रेसका धनबहादुर धामी,नेकपा माओवादीका माति सिंह धामी,सिउडि प्रहरी चौकीका प्रतिनिधि,वडा सचिबहरु दलबहादुर डागी,क्षितिज नेपाली,वडा स्तरिय महिला संजालका प्रतिनिधि लगायतले बालविवाह रोकथामका लागी व्यक्तिगत र संस्थागत रुपमा भईरहेका प्रयासहरुका बारेमा जानकारी गराएका थिए ।

    संवाद कार्यक्रमको सहजीकरण पत्रकार गीता कुँवरले र संचालन परियोजना प्रमुख पवन गिरीले गरेकी थिइन् ।समविकास नेपालका सचिब रुपा नेपालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सामाजिक परिचालक दिलकुमारी सुनारले राखेकी थिईन् ।

    - Advertisement -spot_img

    समाचार

    - Advertisement -spot_img

    ट्रेन्डिङ समाचार

    spot_img

    पछिल्ला अपडेट