भगवति कुँवर,अछाम पुष ९
साँफेबगर नगरपालिकामा स्थानीय बाल अधिकार समितिको नियमित बैठक सोमवार सम्पन्न भएको छ । वल्ड भिजन ईन्टरनेशनल नेपाल र आस्था नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा बाल अधिकार समितिको बैठक बसेको थियो। उक्त बैठकमा आस्था नेपालको ५० हजार रकम नगरपालिकाको बालकोषमा जम्मा गर्ने,नगरपालिकाले पनि आवश्यकताको आधारमा रकम सहयोग गर्ने, नगरपलिकाका १ देखि १४ वटै वडाका सामाजिक परिचालकलाई परिचालन गरि यस पालिकालाई बालश्रम मुक्त घोषणा गर्ने प्रस्ताव अगाडी बढाउने निर्णय गरिएको छ।
बैठकमा वडामा गठन भएका बाल क्लबहरु छोड्ने बालबालिकाको संख्या बढ्दै गएकोले छोड्नेको दर कम गराउन सचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने,शिक्षामा गुणस्तरका लागी शिक्षा सम्बन्धी परियोजना सञ्चालन गर्ने,प्रविधिक मैत्री शिक्षा प्रदान गर्ने लगाएतका निणर्य गरिएको छ।
नगरपालिका नगर प्रवक्ता वडा नम्बर ५ का वडाअध्यक्ष मक्करबहादुर कुँवरको अध्यक्षतामा सञ्चालन भएको बैठकमा प्रमुख अतिथि नगर प्रमुख राजेन्द्र बहादुर कुँवरअतिथिहरु,निमित्त प्रमुख प्रशासकिय अधिकृत तथा स्वास्थ्य शाखा प्रमुख लक्ष्नमण नाथ योगी,शिक्षा शाखाका प्रमुख हिरा दत्त भट्ट लगाएत विभिन्न शाखाका प्रमुख १४ वटै वडाका वडा अध्यक्ष,आस्था नेपालका बाल संरक्षण अधिकृत भ्वानसिहं सार्की लगाएतको सहभागीता रहेको थियो।बैठकको सञ्चालन महिला बालबालिका तथा जेष्ट नागरिक शाखा प्रमुख अनिता जोशीले गरेकी थिईन् ।