10.5 C
Achhām
अन्य

    सुदुरपश्चिमको पहिलो केबलकार शिलान्यास

    सम्बन्धित समाचार

    कैलाली, पुस १३
    नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्व लगानमा सुदुरपश्चिमको पहिलो केबलकार चिसापानीमा निर्माण हुने भएको छ ।

    सुदुरपश्चिम प्रदेशको प्रबेशद्बार चिसापानीबाट राजकाडासम्म चल्ने केबलकार जालपादेवी केबलकार कम्पनीको सात अर्ब लगानीमा निर्माण हुने भएको हो । आज परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवाले एक कार्यक्रमका बिच शिलान्यास गरेकी छन ।

    शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राणाले केबलकारको निर्माणले सुदुरपश्चिमको पर्यटकिय बिकासमा मद्दत पुग्ने बताइन् । ‘सुदुरपश्चिम प्रदेश प्राकृतिक सुन्दरता, श्रोत साधन युक्त प्रदेश हो, केबलकारको लगानीले थप लगानी भित्र्याउन सहज हुनेछ ।’

    कार्यक्रमलाई कार्यक्रम सम्बोधन गर्दै मन्त्री राणाले सुदूरपश्चिमको विकासका लागि कृषि जलस्रोत र पर्यटन क्षेत्रको विकासमा जोड दिनुपर्ने बताइन् ।

    ‘देशको समृद्धिका लागि नै दुई दल मिलेर सरकार गठन गरेको हो’ मन्त्री राणाले भनिन् ‘देशको समग्र विकासका लागि बाधक रुपमा रहेका ऐन कानुन र नियमहरू संशोधनको तयारी भइरहेको छ, त्यसले देशको समृद्धि हुने गरी काम भइरहेको छ ।’

    केवलकारको निर्माणले सुदुरपश्चिमको पर्यटकिय विकाससँगै निजि क्षेत्रलाई लगानीको वातावरण बनाउन थप मद्दत पुग्ने सुदुरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बताए । ‘निजि क्षेत्रलाई सुदूरपश्चिममा लगानी ल्याए आग्रह गर्दछु’ मुख्यमन्त्री शाहले भने ‘ प्रदेस सरकार लगानीको वातावरण बनाउन प्रतिबद्ध छ ।’

    होटल, रिसोर्ट, केबलकार सहितका पर्यटकीय पुर्वाधारहरु सो केबलकार कम्पनीले  निर्माण गर्नेछ । गत वैशाखमा सुरु भएको पहिलो चरणको काम सकिएपछि कम्पनीले निर्माणको चरणमा प्रवेश गरेको छ । दुई वर्षमा निर्माण सम्पन्न गर्दै सञ्चालनमा ल्याउने उद्देश्यका साथ कम्पनीले काम गरिरहेको कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।

    ‘केबलकारले सुदुरपश्चिम प्रदेशको आर्थिक र पर्यटकीय पुर्वाधार विकासमा मद्दत पुग्नेछ’ नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष समेत रहेका ढकालले भने ‘सुदुरपश्चिम अलौकिक छ, यसको विकासका लागि पर्यटकीय पुर्वाधार बनाउन सरकारले निजि क्षेत्रलाई सहयोग गर्नुपर्दछ।’ भारतीय पर्यटकलाई नेपाल ल्याउन केबलकारले योगदान पुर्याउने ढकालले बताए ।

    केवलकारका लागि राइट अफ वेमा पर्ने रुख काट्ने र सरकारबाट कम्पनीको नाममा जमीन लिने काम सकिएको अर्का संचालक सुर्यबहादुर थापाले बताए । आयोजना स्थलका एक हजार आठ सय ६६ वटा रुख काटिएका छन् भने केबलकार सञ्चालनका लागि २० बिघा जमीन कम्पनीका नाममा सारिएको छ ।

    चिसापनीदेखि राजकाँडासम्म केबलकारको कुल लम्बाई ३.१ किलोमिटरको रहने छ । केबलकारमा १५ वटा टावर र ३४ वटा गोन्डुला रहने छन् । केबलकार निर्माणसंगै राजकाँडामा रहेको जलपादेवी, कालभैरव, कालिकादेवीको मन्दिरको स्तरोन्नति गर्ने बताइएको छ । राजकाँडामा एक सय र चिसापानीमा ५० बेड क्षमताको होटल समेत निर्माण गरिने सञ्चालक थापाले बताए ।

    प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  १७:४१
    - Advertisement -spot_img

    समाचार

    - Advertisement -spot_img

    ट्रेन्डिङ समाचार

    spot_img

    पछिल्ला अपडेट