काठमाडौं, पुष १७
एमालेका पूर्व उपाध्यक्ष भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफूले महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएकै भरमा स्पष्टीकरण र आफ्नो पार्टी सदस्यता खान मिल्छ र ? भनेर प्रश्न गरेका छन् । बुधवार पत्रकार सम्मेलन गर्दै रावलले ओलीले दसौँ राष्ट्रिय महाधिवेशनमा गरेको व्यवहारबारे प्रश्न तेर्स्याएका हुन् ।
त्यसक्रममा उनले दुई दिनसम्म प्रतिनिधिहरूलाई अलपत्र पारेको, अन्यलाई एक एक गरेर बोलाएर धम्क्याएको, चुन्ने र चुनिने अधिकारको अभ्यास गर्नु गलत हो र ? भन्दै प्रश्न गरे । रावलले महाधिवेशनका बेला आफूनिकट प्रतिनिधिहरूलाई धम्क्याएको, सदस्य पदमा मतदान नगर्नु भनेर भनेको जस्ता विषय हास्यास्पद भएको बताए । रावलले आफूलाई एमालेले सोधेको स्पष्टीकरण पनि विधसम्बत नरहेको बताएका छन् ।