5.3 C
Achhām
अन्य

    डा. भीम रावलले बुधबार पत्रकार सम्मेलन गर्ने

    सम्बन्धित समाचार

    काठमाण्डौ पुष  १५

    पार्टीको हितविपरित गतिविधि गरेको आरोपमा एमालेबाट निष्काशनमा परेका पुर्व उपाध्यक्ष डा. भीम रावलले बुधबार पत्रकार सम्मेलन गर्ने भएका छन् । उनले आफ्ना कुराहरू राख्न र भावी कार्ययोजना बारे जानकारी गराउन पत्रकार सम्मेलन गर्न लागेको रावलका सचिवालय सदस्य गोविन्द दुवालले जानकारी दिए ।

    नयाँ पार्टी खोल्ने वा कसरी अघि बढ्ने भन्ने सवालमा रावल अहिले विभिन्न व्यक्तिसँग टोखा नगरपालिकास्थित आफ्नै निवासमा छलफलमा छन् । नयाँ पार्टी खोल्ने योजना बुधबार नै घोषणा हुँदैन । उहाँ छलफलमै हुनुहुन्छ । दुवालले भने, ‘भावी कार्ययोजना र अहिलेसम्म उहाँप्रति भएका पार्टीको गतिविधिबारे बुधबार जनकारी गराउनुहुन्छ ।’

    शुभचिन्तक लगायत मानिस बोलाएर पत्रकार सम्मेलन गर्ने या मिडियालाई मात्र बोलाएर गर्ने भन्नेबारेमा मंगलबार मात्र निर्णय हुने बताइएको छ ।

    एमालेमा चार दशकभन्दा लामो योगदान दिएका रावल चितवनमा भएको दशौँ महाधिवेशनबाट एमालेमा किनाराकृत भएका थिए । खास गरी चितवनमा भएको दशौँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धामा उत्रिएदेखि उनी किनाराकृत हुन थालेका थिए ।

    एमालेमा किनाराकृत भएका रावल सुदूरपश्चिम र कर्णालीमा एक्लै आफ्ना गतिविधि गरिरहेका थिए । तर, एमालेले शृङ्खलाबद्ध दर्जनौँ आरोप लगाउँदै गत बुधबार सङ्गठित सदस्यताबाट मुक्त गरेको थियो ।

    - Advertisement -spot_img

    समाचार

    - Advertisement -spot_img

    ट्रेन्डिङ समाचार

    spot_img

    पछिल्ला अपडेट