माघ ६ अछाम साँफेबगरमा सम्पन्न पालिका स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगीताको उपाधि बान्नीगढी जयगढ गाउँपालिकाले जितेको छ । बान्नीगढी जयगढ गाउँपालिका र साँफेबगर नगरपालिका बिच भएको फाईनल खेलमा ३–२ को सेटले बान्नीगढीले जितेको हो । पहिलो सेट २५–२३, दोस्रो सेट २५–२० र पाँचौ १५–१० सेटले जित्दै बान्नीगढीले उपाधि हात पारेको हो । साँफेबगरले तेस्रो सेट २५–१९ र चौथो सेट२५–२३ ले जितेको थियो ।
बान्नीगढीले प्रथम पुरस्कार दुई लाख ५१ हजार प्राप्त गरेको छ । साँफेबगर नगरपालिकाले दितिय पुरस्कार एक लाख ५१ हजार प्राप्त गरेको छ । त्यसैले तृतिय मेल्लेख गाउपालिकाले ७५ हजार प्राप्त गरेको छ । तेस्रो स्थानका लागी भएको खेलमा सोझो सेट ३–० ले अछामको मेल्लेख गाउँपालिकाले जितेको हो । तृतिय स्थानका लागी बझाङको छबिसपाथिभेरा गाउँपालिका र अछामको मेल्लेख गाउँपालिका बिच खेल भएको थियो ।
समापन कार्यक्रम नगर खेलकुद विकास समितिका अध्यक्ष अनिल कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पुर्व उपप्रधान गृह तथा रक्षा मन्त्री भिम रावल , विशिष्त अतिथि पुर्व जिविस सभापति भरत कुमार स्वाँर , साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्र कुँवर, चौरपाटी गाउँपालिकाका अध्यक्ष भिम साउद ,बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेकबहादुर साउद, साँफेबगर नगरपालिकाका उपप्रमुख शिबबहादुर कँुवर, बान्नीगढीका उपाध्यक्ष बिन्दु रावल, मेल्लेख गाउँपालिकाका उपाध्यक्ष निर्प खड्का लगायत राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरु रहेका थिए । कार्यक्रमको सचालन शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख हिरादत्त भट्टले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य खेलकुद समितिका सदस्य कृष्ण कुँवरले राखेका थिए ।