सुदूरपश्चिम प्रदेशबाट कृषि बीउ निर्यात हुन थालेको छ। कृषि बाली उत्पादनका लागि चाहिने आवश्यक बीउमा सुदूरपश्चिम प्रदेश आत्मनिर्भर भएको छ।
कृषि क्षेत्रलाई प्रमुख प्राथमिकता दिँदै नीति तथा कार्यक्रम ल्याएको प्रदेश सरकारले समूह तथा सहकारी खेती प्रवद्र्धन गरिनुका साथै कृषि उत्पादन बढाउनेदेखि बजारीकरणसम्म सहयोग गर्ने विषय अघि सारेको छ। कृषि उत्पादन बढाउन स्थानीय तहको सहकार्यमा कृषि व्यवसाय प्रवद्र्धन तथा सिकाइ केन्द्र सञ्चालन गरिने विषय पनि अघि सारिएको छ।
अहिले पहाडतिरको बसाइँ–सराई नै मुख्य समस्याको रुपमा देखा परेको छ। गाउँ नै खाली हुने गरेर अन्तै बसाइँ सर्ने अवस्थाका कारण पहाडमा जमिन बाँझो रहने समस्या बढ्दै गएको कृषि प्रसार अधिकृत बोहराले बताए। भएको जमिन बाँझो नछोने र मन्त्रालयले अघि सारेका कार्यक्रम मात्र पूर्ण रुपमा कार्यान्वयन हुने हो भने आगामी पाँच वर्षभित्रै प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउन सकिने तर्क गरिएको छ। सुदूरपश्चिम प्रदेश अहिले खाद्यन्न बीउ उत्पादनको हिसाबले अग्रस्थानमा छ। यसका साथै तरकारी, केरा र उखु उत्पादनमा पनि देखिने गरी प्रगति हासिल भएको मन्त्रालयका प्रवक्ता बोहराले बताए।