अछाम पुष १५ ।
साँफेबगर नगरपालिकाले आफ्नो क्षेत्र भित्रका नदिजन्य पदार्थहरु अवैध रुपमा उत्खनन् गरेको पाईएमा एक लाखसम्म जारिवाना गर्ने भएको छ । नगरपालिकाले एक सुचना जारी गर्दे नगरपालिका क्षेत्र भित्र पर्ने बुढीगंगा र छिपेखोला नदिबाट नदिजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा, उत्खनन् गर्ने क्रममा प्रारम्भिक वातावरणीय परीक्षण (आईईई)को प्रावधान विपरित उत्खनन् नगर्न भनेको छ । नदिजन्य पदार्थहरु उत्खनन् गर्दा व्यक्ति , फर्म, र कम्पनीहरुले आईईईको प्रावधान अनुसार गर्नुपर्ने छ ।
नदिजन्य पदार्थ उत्खनन् गर्दा विहान ६ बजे देखी साँझ ६ बजेको समय भित्र मात्र गर्नुपर्ने सुचनामा उल्लेख गरिएको छ ।
नदि तथा खोलामा अवैध रुपमा मेसिन उपकरण प्रयोग गरी नदिजन्य पदार्थ उत्खनन् गरेको पाईएमा चोरी निकासीमा प्रयोग गरिएका सवारी साधन जफत गरी २५ हजार देखी १ लाख सम्म जरिवाना गरिने जनाईएको छ ।