6.4 C
Achhām
अन्य

    कञ्चनपुरमा खरायोमा देखियो रेबिज

    सम्बन्धित समाचार

    धनगढीः कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा घरपालुवा खरायोमा रेबिज पुष्टि भएको छ।

    बिहीवार अस्वाभाविक लक्षण देखिएर मरेको खरायोमा परीक्षण गर्दा रेबिज पुष्टि भएको हो। सुदूरपश्चिममा डेढ वर्षको अवधिमा मात्रै दुई सयभन्दा बढी चौपायामा रेबिज पुष्टि भएको छ। अहिलेसम्म गाई, भैंसी, कुकुर बिरालो, घोडा, जङ्गली बँदेल र खरायोसहित १० प्रजातिका चौपायामा रेबिज पुष्टि भएको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख पशु चिकित्सक डाक्टर नरेशप्रसाद जोशीले बताए।पुस १० गते बिहीवार भीमदत्त नगरपालिका–६ का एक किसानले पालेको खरायोमा रेबिज संक्रमण पुष्टि भएको पशु चिकित्सक डाक्टर जोशीले बताए। ‘खरायोले मानिसलाई समेत टोकेको थियो। मानिसलाई टोकेको ७ दिनमा खरायो आफैं मरेपछि रेबिज संक्रमण भएको आशंका लागेर परीक्षण गरिएको थियो’, उनले भने, ‘परीक्षण गर्दा रेबिज संक्रमण भएको पुष्टि भएको हो।’

    खरायोमा रेबिज कसरी स¥यो भन्ने कुरा भने यकिन भएको छैन। पशुचिकित्सकले रेबिज संक्रमित कुकुरले टोक्दा खरायोमा संक्रमण भएको अनुमान गरेका छन्। कैलाली र कञ्चनपुरमा अहिलेसम्म १० प्रजातिका चौपायामा रेबिज पुष्टि भएको छ। गाई, भैंसी, कुकुर, स्याल, बङ्गुर, बाख्रा, घोडा, जङ्गली बँदेल, बिरालो लगायत १० प्रजातिका पशुमा रेबिज पुष्टि भएको डाक्टर जोशीले बताए। सुदूरपश्चिममा चौपायामा रेबिज संक्रमण हुने दर बढेको पाइएको छ।

    स्तनधारी जनावरमा मात्रै हुने रेबिज संक्रमण उक्त पशुले टोकेमा ¥याल मार्फत सर्छ। रेबिज संक्रमण रोक्न नियन्त्रणका प्रयास गर्नुपर्ने पशुचिकित्सकले बताएका छन्। चौपायाले टोकेमा रेबिज विरुद्धको खोप लगाउने, घरपालुवा कुकुर, बिरालो र सामुदायिक कुकुरलाई समेत खोप लगाउनुपर्ने पशुचिकित्सक डाक्टर जोशीले बताए। रेबिज संक्रमण हुन नदिन सामुदायिक कुकुरको बन्ध्याकरण गर्नुपर्ने उनले बताए। सामुदायिक कुकुरबाट रेबिज अन्य घरपालुवा कुकुरा सर्ने गरेको उनले बताए। रेबिज संक्रमण भएमा ज्यान जाने भएकाले संक्रमणबाट बच्न पशुचिकित्सकले आग्रह गरेका छन्।

    - Advertisement -spot_img

    समाचार

    - Advertisement -spot_img

    ट्रेन्डिङ समाचार

    spot_img

    पछिल्ला अपडेट