भगवति कुँवर,अछाम पुष ७
सुदूरपश्चिम प्रदेशका कृषि भुमिव्यवस्था तथा सहकारी मन्त्री बिरबहादुर थापाले अछामको कृर्षि र सहकारीे क्षेत्रमा हुने हरेक समस्यासंग सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । हातेमालो बहुउद्देश्यीय सहकारी संस्थाको शनिबार साँफेबगरमा भएको १५ औँ वार्षिक साधारण सभालाई प्रमुख अथितिको आसनबाट सम्बोधन गर्दै मन्त्री थापाले यस्तो बताएका हुन् । कार्यक्रममा मन्त्री थापाले हातेमालो बहुउद्देश्यीय सहकारी संस्थाले गरिरहेको कामका प्रशसा गरे । प्रदेशका धेरै सहकारीको कार्यक्रम सहभागी भैरहदा यो सहकारीमा नयाँ खालको अनुभुती भएको कृर्षि मन्त्री थापाले बताए । यो सहकारीले यहाँका राजनिति दल,स्थानिय तह,सरर्कारी कार्यलय,समुदायका व्यक्तिको सबैको साथ सहयोग रहेकोमा खुशी व्यक्त गरेका छन् ।
मन्त्री भएको पहिलो दिन नै आफुले सहकारी क्षेत्रमा नराम्रो गर्नेलाई कारवाही गर्ने राम्रोलाई पुरस्कृत गर्ने भनेर कानुन बनाउने भन्दै हस्ताक्षर गरेको र यो प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी दिए । सहकारी र निजि क्षेत्र संग सरकार मिलेर जान नसकेमा देशको समृद्धि अगाडी बढाउन सक्दनाँै भन्ने कुरा बुझ्न जरुरी रहेको बताए । यस्तै मन्त्री थापाले तिन वटा सरकारका विच समन्वय र सहकार्य नुहँदा धेरै गुनासो खेप्नु परेको बताए ।
कृर्षि मन्त्री थापाले आगामी बजेटमा प्रदेशका ८८ वटै पालिकाका प्रमुख, उपप्रमुख, कार्यकारी र जिल्ला समन्वय समितिका प्रमुख संग मन्त्रालयमा बोलाएर अन्तरक्रिया गर्ने योजना बनाएको जानकारी दिए । ाजको समय जो बजेटमा असामनता आएको छ यसलाई कानुनले रोक्ने व्यवस्था गरि आवश्यकता आधारमा बजेट विनियोजन गर्नु पर्ने उहाँको भनाई रहेको छ।
कृषिको क्षेत्रमा सबै धेरै आलोचजना खेपी रहनु परेको भन्दै यसको लागी पनि कानुन परिमार्जन गरेमा यो समस्याबाट मुक्त हुने बताउनु भयो। प्रदेशका सरकार कृर्षि मन्त्रालयले उत्पादन गर्ने किसानलाई अनुदान दिने,उत्पादन गरेको बस्तुलाई प्रशोधन केन्द्रमा लिनको लागी सहयोग गर्ने उद्दश्यले तिन वटा शिर्षकमा बजेट विनियोज गरेको जानकारी गराउनु भएको छ।यस्तै प्रदेशका पहाडि जिल्लामा उत्पादन हुने समाग्री ढुवानी गर्नका एउटा जिल्लालाई एउटा गाडी वितरण गर्ने गरेर जम्मा १० वटा कृर्षि एम्वुलेन्स खरिद गर्ने योजना रहेको मन्त्री थापाको भनाई रहेको छ।
साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्रबहादुर कुँवरले यहाँका खेती किसान गर्नेहरुको लागी हातेमालो बहुउद्देश्यीय सहकारी संस्थाले सहयोग गरिको भन्दै खुसि व्यक्त गरे । स्थानीय सरकारले पनि स्थानिय उत्पादनमा आधारित रहेर दिवा खाजालाई पहिलो प्रर्थामिकता दिएर काम गरिरहेको नगर प्रमुख कुँवरले जानकारी दिए । यसै संस्थाले स्थानिय सरकार संग सहकार्य गरेर दिवा खाजाको लागी सामाग्रीहरु आपुर्ति गरिरहेको बताए । किसानका आवश्यकता धेरै हुने गरेको पालिकामा सिमित स्रोत साधन भएकाले किसानका सबै चाहाना पुरा गर्न नसकेको बताए ।