भदौ ३० अछाम
समविकास नेपालको आयोजनामा साँफेबगरमा आज युवा सहभागिता कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा युवाहरुलाई लागुपदार्थ दुर्व्यसनी,कुलत,कुरिति कुसंस्कारको अन्त्य ,युवाहरुका लागी बनेका नितिहरुका बारेमा जानकारी गराउनुका साथै र आध्यात्मिक ज्ञान प्रदान गरिएको छ । जिल्ला प्रहरी कार्यालय र ब्रह्म कुमारी ईश्वरीय विश्व विद्यालय अछामको सहजिकरण र नगरस्तरिय युवा संजालको समन्वयमा कार्यक्रम गरिएको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक डीएसपी ईश्वरी प्रसाद भण्डारीले सुदुरपश्चीममा लागुपदार्थ दुर्व्यसनीको अवस्थाको बारेमा जानकारी गराएका थिए । डीएसपी भण्डारीले सुदुरपश्चीममा ५ वर्षको अवधिमा १ हजार ८६१ लागु पदार्थ दुव्यर्शनिका मुद्धा दर्ता भएको जानकारी दिए । उनले लागु औषधको लतमा धेरै युवाहरु फसेको भन्दै प्रहरीको तथाकले युवाको अवस्था भयावह देखाएको बताए । डीएसपी भण्डारीले प्रहरीको तथाक अनुसार ८९.४ प्रतिशत युवाहरु साथीहरुको दबाबका कारण दुव्र्यशनिमा फस्ने गरेको बताए ।
ब्रह्म कुमारी ईश्वरीय विश्व विद्यालय ओम शान्तीका कविता कडायतले युवा जिवनको उर्जामय समय सत्कर्ममा खर्च गर्न सुझाब दिईन् । उनले युवाहरुले अरुलाई प्रेरणा दिने खालका कार्य गर्नुे पर्ने र अरुमा सकारात्म सोचको विकास गराउन तर्फ लाग्नुपर्ने बताईन् । उनले आफनो मानव जिवनलाई खुशी बनाउन तर्फ सबैले लाग्नुपर्ने बताईन् । कार्यक्रममा समविकास नेपालका पुर्व अध्यक्ष पशुपति कुँवरले सरकारले युवाहरुका लागी बनाएका नितिहरुका बारेमा जानकारी गराएकि थिईन् । उनले निति बने पनि ति नितिहरुले युवाहरुलाई छुन नसकेको बताईन् । कुँवरले समाजमा रहेको कुरिति कुसस्कारलाई हटाउनका लागी युवाहरु अग्रसर हुनुपर्नेमा जोड दिईन् । कार्यक्रममा सहभागी युवाहरुका तर्फबाट करिश्मा बुढा र क्रेडिट भट्ट्राईले आफ्नो भनाई राखेका थिए । कार्यक्रमको सञ्चालन समविकासका पवन गिरी र दिलकुमारी विकले गरेकी थिईन् । कार्यक्रमको समापन नगर स्तरिय युवा संजालका अध्यक्ष योगेश कुँवरले गरेका थिए ।