भदौ २५ अछामः पहुँच र सिर्जनाका लागी सहकार्य नेपाल (वाक) नेपालको १० औं अधिवेशन तथा २७ औं वार्षिक सभाले नयाँ कार्यसमिति चयन गरेको छ ।
आज साँफेबगर भएको भएको अधिवेशनले मिनबहादुर कुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । वाक नेपालको उपाध्यक्षमा अप्सरा कुँवर,महासचिबमा सुशीला बोगटी,सचिबमा सुरत खड्का,कोषाध्यक्ष छत्रमान ताम्राकार,सदस्य बलबहादुर केसी, ममिन मियाँलाई सर्वसम्मत चयन गरेको हो । वाक नेपालले अछाम लगायत डोटी जिल्लामा कार्यक्रमहरु सञ्चालन गर्दे आईरहेको छ । वाक नेपालले सामाजिक रुपान्तरणको क्षेत्र, आयआर्जन, कृषि, स्वास्थ, शिक्षा, विपद्, जलवायु परिवर्तन, शसक्तिकरण लगायतको क्षेत्रमा कार्यक्रमहरु गर्दे आएको छ ।
वाक नेपालको १० औं अधिवेशन तथा २७ औं वार्षिक साधारण सभाको उद्घाटन पुर्व नेकपा एमालेका नेता तथा उपप्रधान गृह तथा रक्षा मन्त्री डा.भीम रावलले गरेका थिए । कार्यक्रम उद्घाटनका क्रममा नेता रावलले वाक नेपालले सामाजिक रुपान्तरणको क्षेत्रमा गरेको कामको प्रशंशा गरेका छन् । उनले सुशासन पारदर्शितामा पनि वाक नेपाल अब्बल रहेको बताउदै नागरिकको जनचाहाना अनुसार कार्यक्रमहरु गर्दे लैजान सुझाब दिए । वाक नेपालका निवर्तमान् अध्यक्ष बलबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा समन्वय उपप्रमुख दानमति शाही,साँफेबगर नगरपालिकाका उपप्रमुख शिबबहादुर कुँवर,मंगलसेन नगरपालिकाका उपप्रमुख सगीता रावल सोडारी,प्रमुख जिल्ला अधिकारी शिब प्रसाद लम्साल,नेपाली काग्रेसका नगर सभापति लालबहादुर कुँवर,नेपाल पत्रकार महासंघका उपाध्यक्ष गीता कुँवर,एयरपोर्ट बजार व्यवस्थापन अध्यक्ष रामबहादुर कुँवर लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन निवर्तमान महासचिब अप्सरा कुँवरले गरेकी थिईन् । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष ममिन मियाँले राखेका थिए । कार्यक्रममा वाक नेपालका उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुलाई सम्मान गरिएको छ ।