23 C
Achhām
अन्य

    सक्ने भए मलाई पार्टीबाट निकाल्नदिनुस् ः नेता भीम रावल

    सम्बन्धित समाचार

    भदौ २५ ,अछाम
    नेकपा एमालेका नेता डा.भीम रावलले सक्ने भए आफुलाई पार्टीबाट निकाल्न चुनौती दिएका छन् । मंगलवार साँफेबगरमा प्रेस चौतारी अछामले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता रावलले नेकपा एमाले पाटीलाई विधि र विधान अनुसार नचलाएर व्यक्तिगत कम्पनी बनाउन खोजिएको भन्दै आफुलाई यस्ता गतिविधि सह्य नहुने बताए ।
    उनले पाटी भित्रका यस्ता विकृति विसंगतीको विषय र जनताका हितमा निम्ती आफ्नो आवाज सधैं बुलन्द रहने भन्दै यहि यस्ता कुरा नेतृत्वलाई नपच्ने भए पाटीबाट निकाल्न सुझाब दिए । उनले भने,‘म उपस्थित भएको कार्यक्रममा कसैलाई पनि सहभागी नहुनु,यदि भएमा कार्वाहि हुन्छ भन्दै दबाद दिने यस्ता निकृष्ट हर्कत नगर्नुस् । सक्ने भए मलाई पाटीबाट निकाल्नुस् । यस्तो तानाशाही प्रबृतिले कसैको पनि हित हुदैन । मेरो कार्यक्रममा सहभागी भएकाहरुलाई कार्वाहि हुन्छ भने म पाटी छोड्न जति बेला पनि तयार छु ।’उनले नेकपा एकिकृत समाजवादीमा प्रवेश गर्ने हल्लाम सत्यता नभएको बताउदै कार्यकर्ताको चाहाना र सुझाव अनुसार अघि बढ्ने उल्लेख गरेका छन् ।
    नेता रावलले गाउँघरका एक तिहाई जग्गा बाँझो,एक करोड भन्दा बढी नागरिकले देश छोडिसकेको अवस्थामा राज्य,राजनितिक दलहरु निकै सचेत हुनुपर्ने बेला आएको बताए । उनले भने,‘देशको आर्थिक पाटो हेर्ने हो भने २४ खर्ब ७३ अर्ब सार्वजनिक रिण,१२ खर्ब भन्दा बढी वैदेशिक ऋण, सरकारले ल्याएको बजेटमा झण्ड ३ खर्ब ब्याज मात्र तिर्नु पर्ने अवस्था छ यो भनेको देश खतराको रातो चिन्हमा पुगेको हो । यस्तो अवस्था पनि सरकार चिन्तित छैन । ’

    - Advertisement -spot_img

    समाचार

    - Advertisement -spot_img

    ट्रेन्डिङ समाचार

    spot_img

    पछिल्ला अपडेट