साउन १७,अछाम
नेकपा एमालेले झपट बोहरालाई अछाम जिल्ला ईन्चार्ज तोकेको छ । विहिवार बसेको केन्द्रीय सचिवालयको ३४ औं बैठकले अछाम जिल्ला ईन्चार्जको जिम्मेवारी बोहरालाई दिएको हो । केन्द्रीय कमीटी सदस्य समेत रहेका बोहरालाई जिल्ला ईन्चार्ज ताकेको नेकपा एमालले जनाएको छ । यस अघि अछाम जिल्ला ईन्चार्जको जिम्मेवारी बाजुराका लालबहादुर थापालाई दिईएको थियो । यसैगरी निर्वाचन क्षेत्र नम्बर १ र २ को ईन्चार्जको जिम्मेवारी कमल तिमिलसैना र यज्ञ बोगटीलाई दिएको छ । तिमिल्सैनालाई निर्वाचन क्षेत्र नं १ र बोगटीलाई निर्वाचन क्षेत्र नं २ को ईन्चार्जको जिम्मेवारी एमालले दिएको छ । यसैगरी सुदुरपश्चीम प्रदेशको ईन्चार्जको जिम्मेवारी पाटी सचिब लेखराज भट्ट्लाई तोकिएको छ ।