बैशाख २७ अछामः नेकपा एमाले साँफेबगर नगरकमीटीको अधिबेशनले नया नेतृत्व चयन गरेको छ । आज सम्पन्न नगर अधिबेशनले अध्यक्षमा हिरण्ड कुँवरलाई सर्वसम्मत चयन गरेको हो । अधिबेशनले उपाध्यक्षमा कुलबहादुर विष्ट,सचिवमा भीम बडाहित,उपसचिवमा हर्क बोहरा, उपसचिवमा जानकी लुहार लगायत ४१ सदस्यीय नगरकमीटी सर्वसम्मत चयन गरेको हो ।