22.1 C
Achhām
अन्य

    त्रिपुरा सुन्दरी क्याम्पसका नवनिर्वाचित स्ववियु कार्यसमितिको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    सम्बन्धित समाचार

    चैत ३१ अछाम त्रिपुरा सुन्दरी क्याम्पसका नवनिर्वाचित स्वतन्त्र विद्यार्थी युनियन कार्यसमितिको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ। स्वतन्त्र विद्यार्थी युनियन श्रीकोट अछामको अयोजनामा शपथ ग्रहण तथा प्रमाणपत्र वितरण र नयाँ वर्ष २०८२ सालको शुभकामना आदान प्रदान कार्यक्रम पनि गरिएको थियो। क्याम्पसका स्ववियु सभापति कमल कुँवरको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमका प्रमुख अतिथि साँफेबगर नगरपालिका नगर प्रमुख राजेन्द्रबहादुर कुँवर रहेका थिए  । विशिष्ट अतिथिमा त्रिपुरा सुन्दरी क्याम्पस सञ्चालक समितिका उपाअध्यक्ष मिना अधिकारी,सदस्य सुरत कुँवर, नेपाली कांग्रेस महासमिति सदस्य भगवती खनाल, वडा नम्बर २ का वडा अध्यक्ष सेतमान कुँवर, क्याम्पस प्रमुख लक्ष्मि प्रसाद जोशी रहेका थिए ।

    कार्यक्रमका नगर प्रमुख राजेन्द्रबहादुर कुँवरले नवनिर्वातिच प्रदाधिकारीलाई बधाई व्यक्त गर्दै क्याम्पसको शिक्षामा सुधार ल्याउनको लागी युनियनले पनि मुख्य भुमिका खेल्ने अपेक्षा गरेको बताए । उनले क्याम्पसको खेराप्रखाल, भौतिक निमार्ण देखि यहाँ रहेका समास्या र चुनौतीलाई समाधान गर्न पहल गरि रहेको बताउदै नगरपालिकाका अन्य योजना संगै यस क्याम्पसको व्यवस्थापनको लागी पनि योजना बनाएर केन्द्रसंग माग गरेको जानकारी दिए ।
    यस्तै क्याम्पस सञ्चालक समितिका उपाअध्यक्ष मिना अधिकारी,सदस्य सुरत कुँवर, नेपाली कांग्रेस महासमिति सदस्य भगवती खनाल, वडा नम्बर २ का वडा अध्यक्ष सेतमान कुँवर, क्याम्पस प्रमुख लक्ष्मि प्रसाद जोशी, नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष खेमराज खड्काले नवनिर्वाचित स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्दै, युनियनले खेल्नु पर्ने भुमिकाको बारेमा जनाकारी गराउदै नँया वर्ष २०८२ सालको शुभकामना सहितको मन्तव्य राखेका थिए । यस्तै अन्य अथितिहरुमा निर्वतमान क्याम्पस प्रमुख टिका तिवारी,प्रहरी सहायक निरीक्षक दिलिप सिहंबडाल, शिक्षक लगाएतको सहभागीता रहेको थियो।

    कार्यक्रमको समापन गर्दै स्ववियु सभापति कमल कुँवरले जिल्लाका विभिन्न क्याम्पसमा विवाद भएर तालाबन्दी भईरहदा स्वुवियु निवार्चन हुन नसकी रहेको अवस्थामा आफुलाई र नेपाल विद्यार्थी सघंलाई विश्वास गरि र्निविरोध निर्वाचित गराउन सहयोग गर्ने सम्पुर्ण व्यक्तिमा धन्यवाद ज्ञापन गरेका छन् । पहिलो कार्यकालमा केहि उदाहरणीय काम गरेको भन्दै यस कार्यकालपनि क्याम्पस र विद्यार्थीको हकहितको लागी खम्बा भएर उभिने प्रतिवद्धता जनाएा । यस्तै उनले गलत क्रियाकलाप विरुद्ध सधै आवाज उठाउनु को साथै क्याम्पसको भौतिक र प्रशासनिक काममा सुधार ल्याउन सम्बन्धित निकायसंग माग गर्ने बताए ।

    कार्यक्रममा साँफेबगर नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले नवनिर्वाचित स्वतन्त्र विद्यार्थी युनियन पदाधिकारीलाइ प्रमाणपत्र वितरण गरेका थिए । थियो भने स्ववियु सभापति कमल कुँवरले कार्यक्रममा उपस्थित अथितिहरुलाई मायाको चिनो प्रदान गरेका थिए । स्ववियु सचिव राजकला खड्काले शुभकामना राख्नु भएको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष भगवती कुँवरले गरेकी थिईन् ।

    - Advertisement -spot_img

    समाचार

    - Advertisement -spot_img

    ट्रेन्डिङ समाचार

    spot_img

    पछिल्ला अपडेट