असोज ७ अछाम
अछाममा जिल्ला स्तरिय किशोरी संजाल गठन गरिएको छ । आईतवार मंगलसेनमा भएको किशोरीहरुको भेलाले जिल्ला स्तरिय किशोरी संजाल गठन गरेको हो ।
संजालको अध्यक्षमा मंगलसेन नगरपालिका ५ का मनिषा बजगाईको अध्यक्षतामा २१ सदस्यीय संजाल गठन भएको छ । सजालको उपाध्यक्षमा चौरपाटी गाउँपालिकाका अमृता विक,सचिबमा ढकारी गाउँपालिका ४ की तुलक्षी शाही,कोषाध्यक्षमा रामारोशन गाउँपालिकाका ४ कि शान्ती विक,सहसचिबमा साँफेबगर नगरपालिकाकी सुसिला साउद चयन भएका छन् । यसैगरी सदस्यहरुमा मंगलसेन नगरपालिका ४ की खिमा केसि,पचदेवल विनायक नगरपालिका १ की पवित्रा तिमिल्सेना,वडा नं ४ की निर्मला चलाउने,कमलबजार नगरपालिकाकी सावित्रा वड र कल्पना साउद,चौरपाटी गाउँपालिकाकी कबिता साउद र साँफेबगर नगरपालिका १४ की रमिता खाति लगायतका २१ जना सदस्य रहेका छन् । समविकास नेपालको आयोजनामा एकदिने मंगलसेनमा १० वटै पालिकाका किशोरीहरुको क्षमता विकास अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमकै अवसरमा सजाल गठन गरिएको समविकास नेपालले जानकारी दिएको छ ।
किशोरीहरुलाई बालविवाह न्युनिकरण,यौन तथा प्रजन्न्,स्वस्थ महिनावारी लगायतका विषयमा अभिमुखिकरण गरिएको छ । किशोरी संजालले आफ्नो गाउँठाउँमा जनचेतना मुलक कार्यक्रम गर्ने,मर्यादित महिनावारी छाउगोठ अन्त्य,बालविवाह अन्त्य लगायतका विषयमा कार्यक्रमहरु गर्ने छन् ।