26.3 C
Achhām
अन्य

    उद्यमशिलता सोच विकास भएका किशोरीहरुको व्यवसायिक सिप विकासका लागी सरोकारवालाहरु बिच छलफल

    सम्बन्धित समाचार

    भगवति कुँवर,भदौ ६ अछाम उद्यमशिलता सोच विकास भएका किशोरीहरुको व्यवसायिक सिप विकासका लागी सरोकारवालाहरु बिच छलफल कार्यक्रम साँफेबगर नगरपालिकामा सम्पन्न भएकोे छ । सम विकास समाज नेपालको आयोजना र युनिसेफ आर्थिक सहयोगमा सुदुपश्चिममा वालबिवाह निवारण परियोजनाद्धारा उद्यमशिलता सोच बिकास भएका किशोरीहरुको व्यावसायिक सिप विकासका लागी सरोकारवालाहरु विचं सम्बन्ध तथा समन्वय बिस्तार सम्बन्धी छलफल कार्यक्रम गरिएको हो।साँफेबगर नगरपालिकाका नगर उपप्रमुख शिवबहादुर कुँवरको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमका प्रमुख अथिति नगर प्रमुख राजेन्द्रबहादुर कुँवर थिए ।
    सम विकास समाज नेपालद्धारा अछाम जिल्लाका दुई वटा पालिका मंगलसैन र साँफेबगर नगरपालिकामा किशोरीहरुको लागी रुपान्तरण कार्यक्रम सञ्चालन गरिएको सम विकास समाज नेपालकी सामाजिक परिचालक सिता भट्टाराईले बताईन्।जस अनुसार साँफेबगर नगरपालिकाका ६ वटा वडामा रुपान्तरण कार्यक्रम सञ्चालन गरिएको उनको भनाई रहेको छ ।उक्त वडाहरु मध्ये विद्यालय भन्दा बाहिर रहेका वडा नम्बर १२ खप्तडका ३ र १४ पातलकोटका २ जना गरेर ५जना किशोरीलाई सिप विकासमा जोड्नको लागी संस्थाले ५ हजार रकम सहयोग गर्ने भट्टाराईले जानकारी दिईन्। छलफल कार्यक्रममा सहभागी भएका किशोरीहरुले विचमै पढाई छाडेका र उनिहरुको उमेर १८ वर्ष मुनिको भएकाले सबै भन्दा पहिले किशोरीलाई पुनःविद्यालय भर्ना गराई अध्ययनलाई निरन्तरर्ता दिने विषयमा सरोकारवालाहरु विच सहमती भएको छ। आर्थिक अवस्था कमजोर भएका अध्ययन गर्न चाहाने किशोरीहरुलाई कक्षा १० सम्म कापी, कलम, झोला र डिरेस्को व्यवस्था वडा कार्यलयले गर्ने वडा नम्बर १२ का वडा अध्यक्ष जनक कडायतले बताए । विद्यालय भन्दा बाहिर रहेका किशोरीलाई नगरापालिका र विभिन्न सहकारी संस्थाहरुको सहकार्यमा आवश्यकता अनुसार सिब सिकाउने निणर्य गरिएको छ।
    महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख अनिता जोशिले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा साँफेबगर नगरपालिकाका विभिन्न शाखाका प्रमुख,सहकारी संस्थाका प्रतिनिधि पत्रकार लगायतको सहभागीता रहेको थियो ।

    - Advertisement -spot_img

    समाचार

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    ट्रेन्डिङ समाचार

    पछिल्ला अपडेट