26.3 C
Achhām
अन्य

    साँफेबगरमा तीजको अवसरमा एकल ठाडीभाका र न्याउले खेल प्रतियोगीता

    सम्बन्धित समाचार

    दुवै प्रतियोगीमा प्रथम साँफेबगर नगरपालिका १२ खप्तड
    भगवती कुँवर,भदौ १९ अछाम
    साँफेबगर नगरपालिकाले हरितालिका तीजको अवसरमा एकल ठाडीभाका र न्याउले खेल प्रतियोगीताको आयोजना गरेको छ । स्थानीय कला संस्कृतिको जगेर्ना उदेश्यका साथ तीजको अवसरमा ठाडीभाका र न्याउले खेल प्रतियोगीता हो । प्रतियोगीतामा नगरपालिकाका १४ वडाहरुको सहभागीता रहेको थियो । न्याउले खेल प्रतियोगीमा प्रथम साँफेबगर नगरपालिका १२ खप्तड भएको छ । यसैगरी द्धितिय वडा नं ११ देविस्थान,तृतिय वडा नं २ जाल्पादेवि र सान्त्वना वडा नं १ वैद्यनाथ भएको छ । प्रथम पुरस्कार ५ हजार २५०,क्रमश द्धितिय पुरस्कार ३ हजार ७५०,तृतीय ३ हजार र सान्त्वना २ हजार २५० रहेको छ । यसैगरी एकल ठाडीभाकामा प्रथम साँफेबगर नगरपालिका १२ खप्तडकी ईन्द्रा कडायत,द्धितिय वडा नं ११ की सत्य विक वड,तृतीय वडा नं ७ रिडिकोटकी पवन कडायत,सान्त्वना वडा नं १४ की देवसरा थापा भएका छन् । एकल ठाडीभाका प्रतियोगीतामा प्रथम पुरस्कार ३ हजार,द्धितिय २ हजार २५०,तृतीय १ हजार ५००,सान्त्वना १ हजार १२५ रहेको छ । गीत मार्फत महिला दिदिबहिनीहरुले महिला माथी हत्या हिसा बलात्कारका घटना बढ्दै गएको,बलात्कारीलाई फासीको सजाय हुनुपर्ने,निर्मला पन्तले अहिलेसम्म पनि न्याय नपाएको कुरा,स्थानीय सरकारले महिलाको क्षेत्रमा प्रयाप्त लगानी गर्न नसकेको,नगरपालिकाको दुर्गमका वडाका सडकहरुको अवस्थाको बारेका उल्लेख गरेका छन् । उनीहरुले महिलाहरुको चोट बुझ्नेलाई मात्र २०८४ मा भोट दिने,लोक सस्कृतिज जगेर्ना गर्ने जिम्मेवारी महिलाहरुको मात्र नभएर सबैको भएको,छाउपडि कुप्रथा अन्त्यका लागी स्थानीय सरकारले लाग्नुपर्ने गीत मार्फत जोड दिएका छन् ।

    साँफेबगर नगरप्रमुख राजेन्द्रबहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा अतिथि नगर उपप्रमुख शिबबहादुर कुँवर, पुर्ब नगर उपप्रमुख विर्मला बुडथापा,नेपाली कांग्रेसका नगरसभापति लालबहादुर कुँवर,नेकपा एमालेका नगरकमीटी अध्यक्ष ढकेन्द्र कुँवर,युवा नेता राजन कुँवर,नेकपा माओवादीका केन्द्रका नगरकमीटी अध्यक्ष रंग ठकुल्ला, साँफेबगर नगरपालिका ५का वडा अध्यक्ष एवम् नगरपालिकाका प्रवक्ता मक्र कुँवर,एकिकृत समाजवादीका निर्प कुँवर, वुर्ब वडा अध्यक्ष कृष्ण बुढा,महिला अधिकार मञ्चका अप्सरा कुँवर,पत्रकार महासंघका उपाध्यक्ष गीता कुँवर, अन्तरपाटी महिला संजालका जिल्ला कोषाध्यक्ष जयन्ती बोगटी,अन्तर पाटी महिला संजालका नगर अध्यक्ष मिना कुँवरले शुभकामना मन्तव्य राखेका थिए ।
    प्रतियोगीताको निर्णायक समितिमा सुरत खड्का,देवसरा थापा र रहेका थिए । कार्यक्रममा स्वागत मन्तव्य महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख अनिता जोशीले राखेकी थिईन् भने कार्यक्रमको संचालन कृषी शाखाका निशा थापाले गरेकी थिईन् ।

    - Advertisement -spot_img

    समाचार

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    ट्रेन्डिङ समाचार

    पछिल्ला अपडेट