भदौै २५ धनगढी
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले खेलकुद मार्फत खेलाडीहरुले सुदूरपश्चिमको शान बढाएको बताएका छन् ।
धनगढीमा बुधवारदेखि सुरु भएको दोस्रो एमसी कप खुल्ला भलिबल प्रतियोगिताको उद्घाटन गर्दे मन्त्री खड्काले यस्ता प्रतियोगिता र खेलाडीहरुले प्रदेशको गौरव बढाएको बताए । राष्टको गरिमा उच्च राख्ने काम खेलकुदका गतिविधि र खेलाडीले गरिरहेको समेत उनले बताए । उनले भने ‘यो क्षेत्रमा थुप्रै क्षमतावान् खेलाडीहरू हुनुहुन्छ यो प्रतियोगिताले उहाँहरूलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पुराउन मद्दत पुग्छ’ ‘यसले सुदूरपश्चिमको गौरवलाई बढाएको छ ।’लागु औषध प्रयोगकर्ता बढिरहेको भन्दै मन्त्री खड्काले यस्ता सिजनशील कार्यक्रमले युवाहरूलाई पनि सहि बाटेमा लैजान मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए ।
धनगढीमा बुधवारदेखि दोस्रो एमसी कप खुल्ला भलिबल प्रतियोगिता सुरु भएको छ । ऐश्वर्य बहुमुखी क्याम्पस अन्तरगत स्वतन्त्र विद्यार्थी युनियनले प्रतियोगिताको आयोजना गरेको हो ।