१५ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मंगलसेन नगरपालिकाले जितेको छ । चौरपाटी गाउँपालिकामा सञ्चालन भएको प्रतियोगितामा मंगलसेन नगरपालिकाले ७ स्वर्ण, ६ रजत, ३ कास्य प्राप्त गर्दै प्रथम भएको छ ।
५ स्वर्ण, ६ रजत, ५ कास्य प्राप्त गर्दै पञ्चदेवल विनायक नगरपालिका दोस्रो र ४ स्वर्ण, ५ रजत, ४ कांस्य प्राप्त गर्दै साँफेबगर नगरपालिका तेस्रो भएको छ ।
प्रतियोगितामा रामारोशन गाउँपालिकाले ३ स्वर्ण, ५ रजत, ३ कास्य , तुर्माखाँदले २ स्वर्ण, ३ कास्य , मेल्लेखले २ स्वर्ण, २ रजत, १ कांस्य , कमलबजार नगरपालिकाले २ स्वर्ण, १ रजत, ५ कांस्य , चौरपाटी गाउँपालिकाले १ स्वर्ण, २ रजत, २ कांस्य प्राप्त गरे । प्रतियोगितामा बान्नीगढी जयगढ गाउँपालिका र ढकारी गाउँपालिका भने स्वर्णविहीन भए । यी दुई स्थानीय तहले एक एक कांस्य मात्रै प्राप्त गरेका छ्न ।