18.6 C
Achhām
अन्य

    सेती राजमार्गः रुख कटानका लागी सम्झौता

    सम्बन्धित समाचार

    जेठ २२ अछामः सेती राजमार्गको दक्षिणी खण्डमा पर्ने रुख कटानका लागी बुधवार सम्झौता भएको छ । रुख कटान लागी वन तथा वातावरण र भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय बिच सम्झौता भएको हो । सेती राजमार्ग आयोजनाका निमित्त प्रमुख विरेन्द्रबहादुर चन्द र वन तथा भु–संरक्षण विभागका उपमहानिर्देशक अजित कुमार कर्णले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
    सम्झौता भएसगै लामो समय देखि रोकिएको काम अब सुचारु हुनेछ । डोटीको ठूलीगाड–सेती–बूढीगंगा दोभानमा ४० किलोमिटर सडक निर्माणका लागि राष्ट्रिय वनको ८० हेक्टर जग्गामा रहेको २ हजार ७८५ रूख कटान लागी सम्झौता भएको सुचना अधिकारी केशवदत्त मिश्रले जानकारी दिए । वन विकास कोषमा ४० करोड जम्मा गर्न नपर्ने गरी रुख कटानको सम्झौता भएको मिश्रले बताए । उनले भने,‘प्रक्रिया अगाडी बढाउन बाटो खुल्यो। अब वन डिभिजन कार्यालय डोटीले कटानको आदेश दिन्छ अनि कटान सुरु हुन्छ । वनले एक पटक फेरि स्थलगत निरक्षण गर्छ । कटान हुने रुखमा टाँचा लगाउछ त्यसपछि कटानको काम सुरु हुन्छ ।’ वन ऐन २०७६ को दफा ४२ को उपदफा (१) बमोजिम डोटीको बडिकेदार गाउँपालिका १,२,३,७ र बोगटान गाउँपालिकाको वडा नं ३ मा रहेको राष्टिय वनको ८० हेक्टर वन क्षेत्रको रुख कटान हुनेछ ।
    कैलाली क्षेत्र २ का पुर्व सांसद झपट रावलले धेरै सकस पछि रुख कटानको कानुनी झंझट सकिएको बताए । वन सम्बन्धी अव्यवहारिक कानुनका कारण सुदुरपश्चीमको गौरवको आयोजना प्रभावित हुदै आएको रावलले बताए । उनले भने,सेती राजमार्ग विआरआईमा समेटिनुपर्ने हो तर विडम्बना यस्तो हुन सकेन । मन्त्री परिषदको निर्णय कार्यान्वयन गराउन यतिका समय लाग्यो । सेती राजमार्ग ‘गेम चेन्जर‘ प्रोजेक्टको रुपमा अगाढी बढाउनु पर्छ ।’ सुदुपश्चिमको समृद्धिसंग जोडिएको त्रिदेशीय सडक सेती राजमार्गलाई केहि तत्वहरुले गलत ढंगले प्रचार गरेका कारण कामले गति लिन नसकेको रावलले बताए । डोटी सेक्टरमा काम भईरहेको बताउदै रावलले रुख कटानको अड्चन हटेपछि कामले गति लिने बताए ।
    रुख कटानका लागी मन्त्री परिषद बैठकले दुई पटक गरेको निर्णय कार्यान्वयन नहुदा रुख कटानको काम हुन सकेको थिएन । सेती राजमार्ग सडक खण्डअन्तर्गत सबैभन्दा धेरै डोटीको ठूलीगाड क्षेत्रमा ट्र्याक खुल्न सकेको थिएन । सेतिराजमार्ग अन्र्तगत दक्षिणी खण्डमा हालसम्म १२६ किलोमिटर ट्रयाक मात्र खोलिएको छ । दक्षिणी खण्ड २०४ किलोमिटर रहेको छ । ७८ किलोमिटर ट्रयाक खोल्न बाँकी रहेको छ । सेतिराजमार्ग अन्र्तगत दक्षिणी खण्डको कैलाली क्षेत्रमा ७२ किलोमिटर,अछाममा ८०,डोटी ४० र बाजुरा क्षेत्रमा १२ किलोमिटर सडक पर्दछ । हालसम्म कैलालीको २ किलोमिटर ट्रयाक खुल्न बाँकी छ भने डोटीको ४०,अछामको २४ र बाजुराको १२ किलोमिटर ट्रयाक खोल्न बाँकी रहेको छ ।
    कैलालीको टिकापुर भारतसँग जोडिएको तिकुने नाका हुँदै बौनियाबाट डोटी, अछाम, बाजुरा, बझाङको चैनपुर हुँदै यो सडक तिब्बतको ताक्लाकोटसम्म जोडिने लक्ष्य छ । ३ सय ५२ कुल लम्बाइ रहेकोे सेती राजमार्गको दुई खण्ड बनाएर निर्माण कार्य भइरहेको छ । राजमार्गको दक्षिणी खण्ड अन्र्तगत साँफेबगरमा र उत्तरी खण्ड तर्फ बझाङ्गको चैनपुरमा कार्यालय रहेको छ । उत्तरी खण्ड १४८ किलोमिटर रहेको छ । भने ७२ किलोमिटर मात्र ट्याक खुलेको छ ।

    - Advertisement -spot_img

    समाचार

    - Advertisement -spot_img

    ट्रेन्डिङ समाचार

    spot_img

    पछिल्ला अपडेट