26.3 C
Achhām
अन्य

    एसईईमा अछामका ३ पालिकाका ५ विद्यालयको नतिजा शून्य

    सम्बन्धित समाचार

    असार २०,अछाम
    माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अछाममा ५ वटा विद्यालयको नतिजा शून्य आएको छ । एसईई सहभागी भएका एकसय विद्यालयमध्ये ५ वटा ओटा सामुदायिक विद्यालयहरुको नतिजा शून्य आएको शिक्षा विकास तथा समन्वय इकाइ अछामका प्रमुख अम्बादत्त जोशीले बताए । नतिजा अनुसार सबैभन्दा बढी पञ्चदेवल विनायक नगरपालिकाका ३ विद्यालयको नतिजा शून्य आएको छ । चौरपाटी गाउँपालिका र साँफेबगर नगरपालिकाका १÷१ विद्यालयको नजिता शुन्य छ ।
    पञ्चदेवल विनायक नगरपालिकाको ३ वटा विद्यालयहरु अम्बिका, महेन्द्र, र सरस्वती माविको नतिजा शून्य छ । चौरपाटी गाउँपालिकाको गगुडा माविको नतिजा शुन्य छ भने साँफेबगर नगरपालिका ११ देविस्थानको हंशबाहिनी माविको नतिजा शून्य छ । पञ्चदेवलको अम्बिका माविबाट एसईई परिक्षामा ३४,महेन्द्र माविबाट १८,सरस्वती माविबाट ३२,गगुडा माविबाट ९ र हंसबाहिनी माविबाट २२ जना विद्यार्थी सहभागी थिए । यी सबै विद्यार्थी अनुत्तिर्ण भएका छन् ।
    अछाममा एसईइमा २८.८५ प्रतिशत उतिर्ण भएका छन् । परिक्षा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको २०८० को एसईई परिक्षामा २८.८५ प्रतिशत अर्थात् १ हजार ४१४ उत्तिर्ण भएका शिक्षा इकाई कार्यालय अछामले जनाएको छ । अछाममा एसईई परिक्षामा सामान्य र प्राविधिक तर्फबाट कुल ४ हजार ९ सय विद्यार्थी सहभागी भएका थिए । जसमध्येबाट ३.६० जिपीए देखि ३.८२ जिपीए ल्याउनेमा १० सामान्य १ प्राविधिक गरि ११ जना,३.२० जिपीए देखि ३.५९ जिपीए ल्याउनेमा ९५ सामान्य २० प्राविधिक गरि ११५ जना,२.८० जिपीएदेखि ३.१९ जिपिए ल्याउनेमा ४२८ सामान्य ७६ प्राविधिक गरि ५०४ जना उतिर्ण भएका छन । यस्तै २.४० जिपीए देखि २.७९ जिपीए ल्याउनेमा ६९७ सामान्य ३० प्राविधिक गरि ७१७ जना, २.००जिपिए देखि २.३९ जिपीए ल्याउनेमा ६७ जना रहेका छन। यस्तै सामान्य तर्फ ३ हजार ४४४ र प्राविधिक तर्फका ४२ जना गरि कुल ३ हजार ४८२ जना अनुत्तीर्ण भएका छन।
    अछाममा सबै भन्दा बढी अनिवार्य गणितमा २ हजार २३४ अनुत्तिर्ण भएका छन् । यसैगरी अनिवार्य अंग्रेजीमा २ हजार ३५५,विज्ञान विषयमा १ हजार ७२३,नेपालीमा १ हजार ३५४,सामाजिकमा १ हजार २३७ अनुत्तिर्ण भएका छन् ।

    - Advertisement -spot_img

    समाचार

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    ट्रेन्डिङ समाचार

    पछिल्ला अपडेट