26.3 C
Achhām
अन्य

    एसईईमा साँफेबगर नगरपालिकाका ६ सय २७ मध्ये १ सय ३२ मात्र उत्तिर्ण, हंसबाहिनी माविको नतिजा शुन्य

    सम्बन्धित समाचार

    भगवति कुँवर
    असार २० अछाम
    एसईईमा साँफेबगर नगरपालिकाका २१.०५ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । विस २०८० को एसईईको सार्वजनिक नतिजा अनुसार साँफेबगर नगरपालिकाका २१.०५ प्रतिशत अर्थात १ सय ३२ जना विद्यार्थी उत्तिर्ण भएका छन् । साँफेबगर नगरपालिकामा आज एसईई परिक्षाको नतिजाको समिक्षा गरिएको छ । १४ वटा सामुदायिक र दुई संस्थागत विद्यालय गरी १६ विद्यालयबाट एसईईमा ६ सय २७ विद्यार्थी सहभागी थिए । जसमध्ये १ सय ३२ जना मात्र उत्तिर्ण भएका छन् । भने ४ सय ९५ विद्यार्थी अनुत्तिर्ण भएका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख हिरादत्त भटट्ले जानकारी दिए । नगरपालिकाको एक विद्यालयको नतिजा भने शुन्य आएको छ । नगरपालिकाको वडा नं ११ देविस्थानको हंशबाहिनी माविको नजिता शुन्य आएको हो । परिक्षामा सहभागी ११ जना नै अनुत्तिर्ण भएका छन् । घुघुरकोट माविबाट परिक्षामा सहभागी ३० जना मध्ये १ जना र तुका माविबाट सहभागी ६ जना मध्ये एक जना मात्र उत्तिर्ण भएका छन् । यसैगरी सुर्यचन्द्र माविबाट सहभागी ७९ मध्ये ५१ जना उत्तिर्ण,त्रिपुरा सुन्दरी माविबाट सहभागी ४८ जना मध्ये ८ जना मात्र उत्तिर्ण,यसैगरी प्रभाधम्कोट माविबाट सहभागी ६३ मध्ये ४४ जना,जनकल्याण माविबाट सहभागी ५७ जना मध्ये ११ जना,हिमालय माविबाट सहभागी मध्ये ५० मध्ये १८ जना,कृष्ण माविबाट सहभागी १३ मध्ये ८ जना,महेन्द्र माविबाट सहभागी ७४ मध्ये २८ जना,बुढाकोट माविबाट सहभागी ३० मध्ये ९ जना उत्तिर्ण भएका छन् । यसैगरी बेतालमाण्डौ माविबाट सहभागी ३१ मध्ये ११ जना,राष्ट्रिय मावि बाब्लाबाट सहभागी ५४ जना मध्ये ६ जना उत्तिर्ण भएका छन् । नगरपालिका भित्रका दुई संस्थागत विद्यालय बर्चहिल एकेडेमि र किण्डर गार्डेन एकेडेमिका सहभागी विद्याथी सबै उत्तिर्ण भएका छन् । किण्डर गार्डेन एकेडेमिबाट विप्लब कुँवरले ३.८३ जिपिए ल्याएर जिल्लाका उत्कृष्ट बनेका छन् ।
    एसईईको नतिजाले नगरपालिका भित्रको शिक्षाको अवस्था छर्लग पारेको नगर प्रमुख राजेन्द्रबहादुर कुँवरले बताए । उनले प्रत्येक विद्यालयले आत्म समिक्षा गर्न जरुरी रहेको समेत बताए । नगर प्रमुख कुँवरले शिक्षा क्षेत्रको सुधारका लागी सबै पक्षा जिम्मेवार हुन आवश्यक रहेकोमा जोड दिए । कार्यक्रममा नगर उप्रमुख शिबबहादुर कुँवरले परिक्षाको नतिजाको बिषयमा एक्लै विद्यालय र शिक्षक मात्र जिम्मेवार नभएको भन्दै अभिभावकहरुको पनि उत्तिकै जिम्मेवारी रहेको बताए । उनले कहाँ निर के सुधार गर्नुपर्छ त्यस विषयमा गहन छलफल हुन जरुरी रहेको बताए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापकहरुले आ आफ्नो राय सुझाब राखेका थिए ।

    यसैगरी शैक्षिक सत्र २०८० को आधारभुत तह कक्षा ८ को पालिका स्तरिय वार्षिक परिक्षामा पालिका स्तरिय प्रथम द्धितिय तृतिय भएका छात्रा छात्रहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ । नतिजा अनुसार प्रथम बर्चहिल एकेडेमिका लेखराज बुढा,द्धितिय बर्चहिल एकेडेमिका आकृति खड्का,द्धितिय प्रभाधम्कोटका कल्पेस कुँवर, तृतिय सुर्यचन्द्र माविका रोहित शर्मा र राष्ट्रिय मावि बाब्लाका विषेश जोशीलाई सम्मान सहति पुरस्कार बितरण गरिएको हो ।

    - Advertisement -spot_img

    समाचार

    1 COMMENT

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    ट्रेन्डिङ समाचार

    पछिल्ला अपडेट