असोज ७ अछाम
साँफेबगर नगरपालिका ४ मष्टामाण्डौको जनकल्याण माविको नयाँ विद्यालय व्यवस्थापन समिति चयन भएको छ । विद्यालयमा भएको भेलाले अध्यक्षमा रुपा आउजीलाई चयन गरेको छ ।
अन्य सदस्यहरुमा पुर्णबहादुर कुँवर,मानबहादुर कुँवर,पुरन बुढा,भगवति कुँवर,पवन टमट्टा,भीमबहादुर कुँवर, राजु कुँवरलाई चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष रुपा आउजीले विद्यालयको शैक्षिक, भौतिक विकासका लागी आफु दिनरात नभनि अहोरात्र खटिरहने प्रतिबद्धता जनाईन् । उनले विद्यालयमा शैक्षिक गुणस्तरको मुद्धा आफ्नो प्राथमिकतामा सधै रहने बताईन् । अध्यक्ष आउजीले महिलाले पनि विद्यालयको नेतृत्व गर्नसक्छन् र महिलाको नेतृत्वमा राम्रो भयो भन्ने वातावरण सिर्जना गर्ने बताईन् ।
विद्यालय व्यवस्थापन समिति लामो समयदेखि विवादित बन्दै आएको थियो । अभिभावक नरहेको व्यक्तिलाई अध्यक्ष बनाएको भन्दै अख्तीयार दुरुपयोग अनुसन्धान आयोगमा मुद्धा समेत परेको थियो ।