25.3 C
Achhām
अन्य

    अछामका चार ओटा विद्यालय नमूना विद्यालय छनौट

    सम्बन्धित समाचार

    बैशाख २६ अछाम ः अछामका चार ओटा विद्यालय नमूना विद्यालय छनौट भएका छन् ।
    सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले अछामका चार सहित सुदूरपश्चिमका ३२ ओटा विद्यालयहरुलाई प्रदेश सभा निर्वाचन क्षेत्र नमूना विद्यालय छनौट गरेको हो । सामाजिक विकास मन्त्रीको अध्यक्षतामा बिहीबार बसेको बैठकले नमूना विद्यालय छनौट गरेको जनाइएको छ ।
    अछाम साँफेबगर नगरपालिका ३ को प्रभाधम्कोट मावि, रामारोशन गाउँपालिका २ को नेपाला राष्ट्रिय मावि, ढकारी गाउँपालिका २ को गुरुकुल मावि, पञ्चदेवल बिनायक नगरपालिका ८ बारलाको मालिका माविलाई नमूना विद्यालय छनौट गरिएको मन्त्रालयले जनाएको छ ।
    प्रदेश सभा निर्वाचन क्षेत्र नमूना विद्यालय छनौट कार्यक्रम अन्तर्गत प्रस्ताव आएका विद्यालयहरुमध्ये प्रदेशभरी ३२ ओटा विद्यालयहरुलाई छनौट गरिएको छ । छनौट भएका विद्यालयहरुको समग्र विकासका लागि गुरुयोजना निर्माण गरेर बजेट विनियोजन हुने बताइएको छ । छनौट भएका विद्यालयहरुले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक हुनु अघि गुरुयोजना पेश गर्न आग्रह गरिएको छ ।

    - Advertisement -spot_img

    समाचार

    - Advertisement -spot_img

    ट्रेन्डिङ समाचार

    spot_img

    पछिल्ला अपडेट